१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ पौष ५ आइतबार १३:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेकपानिकट युवा तथा विद्यार्थी संगठनहरूले ३ बजे माइतीघरमा प्रदर्शन गर्ने

Read Time : < 1 मिनेट
२०७७ पौष ५ आइतबार १३:१५:००

नेकपानिकट युवा तथा विद्यार्थी संगठनहरूले संसद् विघटनको निर्णयविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएका छन् । 

युवा संघका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले सदन विघटनको निर्णयविरुद्ध आज दिउँसो ३ बजे प्रदर्शन गरिने बताए । 

युवासंघका राजधानीमा उपलब्ध नेताहरूले सदन विघटनबारे छलफल गर्दै आन्दोलनमा उत्रिने निर्णय गरेको सापकोटाले बताए । देशैभरि आन्दोलनमा उत्रिन सबै युवालाई अपिल गरिएको उनले जानकारी दिए । 

सोही निर्णयका आधारमा आज ३ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन हुने भएको हो । 

नेता सापकोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केपी ओलीको अत्यन्तै असंवैधानिक, अलोकतान्त्रिक  र निरंकुश संसद् विघटनको ‘कु’का विरुद्ध आज दिउँसो ठीक ३ वजे माइतीघर मण्डलामा हुने जनवर्गीय संगठनहरूको आयोजनामा हुने प्रदर्शनमा सहभागी बनौँ ।’

यता प्रशासनले भने सुरक्षा व्यवस्था कडा पारेको छ । माइतीघर मण्डला क्षेत्रमा व्यापक रूपमा प्रहरी परिचालन गरिएको छ । अनेरास्ववियुले पनि आन्दोलनमा उत्रिन सबै विद्यार्थीलाई अपिल गरेको छ । अध्यक्ष रञ्जित तामाङले सामाजिक सञ्जालमार्फत प्रदर्शनमा उत्रिन अपिल गरेका हुन् ।