मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ माघ २६ शनिबार १९:५०:००
Read Time : < 1 मिनेट
प्रदेश

धादिङमा भएको बस दुर्घटनामा १४ घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २६ शनिबार १९:५०:००

धादिङबेसीबाट नलाङ ठाँटीतर्फ जाँदै गरेको बा३ख २७३१ नंको यात्रुवाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । अत्यधिक गतिमा गुडेको बस नीलकण्ठ नगरपालिका, ८ ससाहस्थित एउटा भ्यानलाई ठक्कर दिएर सडक छेउको जाली लगाइएको पर्खालमा ठोक्किएर दुर्घटना भएको थियो । बसमा ३५ यात्रु सवार थिए । घाइते तीनलाई थप उपचारका लागि काठमाडौँको ट्रमा सेन्टरमा पठाइएको छ । 

घाइते अन्य ११ को जिल्ला अस्पतालमा उपचार भइरहेको छ । सवारी चालक ३५ वर्षीय शिव सिलवाललाई प्रहरीले निगरानीमा राखेर ट्रमा सेन्टरमा उपचार गराइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए । रासस