१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष ५ आइतबार ०६:१६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सर्वोच्च अदालत बारको अध्यक्षमा शाक्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष ५ आइतबार ०६:१६:००

सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा अधिवक्ता पूर्णमान शाक्य निर्वाचित भएका छन् । शनिबार सम्पन्न बारको ३३औँ कार्यसमितिको निर्वाचनमा अध्यक्ष शाक्यसहित बृहत् लोकतन्त्रवादी समूहको तर्फबाट सचिव, सहसचिव, कोषाध्यक्ष, महिला सदस्यसहित १० जना उम्मेदवार विजयी भएका हुन् । प्रगतिशील समूहका तर्फबाट उपाध्यक्ष र चारजना सदस्य मात्रै विजयी भएका छन् । 

शाक्यले प्रगतिशील समूहका अध्यक्षका दाबेदार रविनारायण खनाललाई ४५ मतले पराजित गरेका छन् । उपाध्यक्षमा प्रगतिशील प्यानलबाट मुकुन्दप्रसाद पौडेल विजयी भएका छन् । पौडेलले लोकतान्त्रिकबाट प्रत्याशी रहेका नमराज रिजाललाई ३० मतान्तरले पराजित गरेका हुन् । 

लोकतान्त्रिक प्यानलकै तर्फबाट सचिवमा ऋषिराम घिमिरे, सहसचिवमा शर्मिला श्रेष्ठ, कोषाध्यक्षमा विनोदकुमार कार्की र महिला सदस्यमा अमिता गौतम पौडेल विजयी भएका छन् । 

यसैगरी, नौजना सदस्यमा अनन्त कार्की, अनन्तराज लुइँटेल, तिलकविक्रम पाण्डे, दीपनारायण शाह, विकास भट्टराई, राजेन्द्रप्रसाद शाह, मिराज श्रेष्ठ, रामहरि त्रिपाठी र निर्मला भण्डारी रहेका छन् । लुइँटेल, कार्की, पाण्डे र शाह प्रगतिशील प्यानलका हुन् ।