१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
रासस/एएफपी
२०७७ पौष ४ शनिबार १४:५७:००
Read Time : < 1 मिनेट
विश्व

स्लोभाकियाका केही मन्त्रीसहित प्रधानमन्त्रीलाई कोरोना संक्रमण 

Read Time : < 1 मिनेट
रासस/एएफपी
२०७७ पौष ४ शनिबार १४:५७:००

स्लोभाकियाका प्रधानमन्त्री इगोर माटोभिक कोरोनाभाइरसबाट संक्रमित भएका छन् । ब्रसेल्समा भएको युरोपेली संघको एउटा सम्मेलनमा सहभागी भएको एक सातापछि उनी संक्रमित भएका हुन् । 

उनले आफू भाइरसबाट संक्रमित भएको शुक्रबार जानकारी दिएका छन् । सम्मेलनमा फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रों पनि सहभागी थिए। उनलाई केही दिनअगाडि नै संक्रमण पुष्टि भएको थियो । उनलाई संक्रमण पुष्टि भएसँगै उनको सम्पर्कमा रहेका विभिन्न देशका नेता र फ्रान्सका उच्च अधिकारीहरू पनि सेल्फ आइसोलेसनमा बसेका थिए । 
कोरोना संक्रमण पुष्टि भएको ल्याबको कागजको फोटोसमेत राखेर उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आज म पनि तिम्रो एउटा संक्रमित भएको छ् । म क्रिसमस मनाउने वेलामा अस्पतालमा बस्नु नपरोस् भन्ने चाहन्थेँ, तर अहिले मेरो योजना र चाहना पूरा हुन कठिन हुने देखेको छु ।’ 

सरकारको सञ्चार विभागले प्रधानमन्त्री माटोभिक गत बिहीबार कोरोना भाइरसबाट संक्रमित भएको एएफपीलाई जनाएको छ । संक्रमित भएसँगै उनले धेरै कार्यक्रम स्थगित गरेका छन् । स्थानीय सञ्चारमाध्यमहरूले उनीसँग सम्पर्कमा रहेका अन्य मन्त्री तथा उच्च सरकारी पदाधिकारीहरूलाई पनि सरकारले कोरोना परीक्षण गर्न लगाएको उल्लेख गरेका छन् ।
यही सिलसिलामा उपप्रधानमन्त्री भेरोनिक रेमिसोभ र रक्षामन्त्री जारोस्लाभ नाडल्टरले आफूहरू संक्रमित भएको जानकारी दिएका छन् । कोरोना भाइरसबाट स्लोभाकियामा अहिलेसम्म एक लाख ४६ हजारभन्दा बढी संक्रमित भएका छन् भने तीमध्ये चार हजारजना बुधबार मात्रै थपिएका हुन् । 

स्लोभाकियामा कोरोनाका कारण अहिलेसम्म एक हजार चार सयभन्दा बढीको मृत्यु भएको सरकारी अधिकारीहरूले जनाएका छन् ।