मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ पौष ३ शुक्रबार १४:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बेपत्ता बालकको शव फेला

Read Time : < 1 मिनेट
२०७७ पौष ३ शुक्रबार १४:०६:००

बिहीबार दिउँसोदेखि बेपत्ता भएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका– ३ सकरपुराका ६ वर्षीय बालक आनन्द मुखियाको शव फेला परेको छ ।

घरबाहिर खेल्न निस्केका स्थानीय रोहित मुखियाका छोरा आनन्द बिहीबार दिउँसोदेखि बेपत्ता भएका थिए । उनको खोजी गर्ने क्रममा शुक्रबार बिहान परालको थुप्रोमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता भुवनेश्वर साहले बताए ।

प्रवक्ता साहका अनुसार बालकलाई गाउँकै स.१त ७७५२ नम्बरको ट्याक्टरले ठक्कर दिएर मारेको र घटना लुकाउन चालकले शव परालको थुप्रोमा लुकाएको थियो । 

बालकको शवलाई पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ ।  घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

बालकलाई ठक्कर दिने ट्याक्टरका चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरी  प्रवक्ता साहले बताए ।