मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ श्रावण १५ शुक्रबार
  • Friday, 30 July, 2021
गगन अयडी बाजुरा
२०७७ पौष ३ शुक्रबार १२:०१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाजुरामा चिसोले कठ्यांग्रिएर एक युवकको मृत्यु

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
२०७७ पौष ३ शुक्रबार १२:०१:००

बाजुरामा अत्यधिक बढेको चिसोका कारण एक युवकको मृत्यु भएको छ ।

बडिमालिका नगरपालिका– ९ मार्तडीमा चिसोले कठ्यांग्रिएर एकजनाको मृत्यु भएको प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

घरको भुइँतलामा चिसोले मृत्यु भएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी बलेन्द्र नाथले जानकारी दिए ।

मृत्यु हुनेमा ३७ वर्षीय लालबहादुर विक रहेको उनले जानकारी दिए ।

मृतक विक घरभित्र भुइँ तलामा मृत अवस्थामा फेला परेको र स्थानीयले दिएकाे प्रारम्भिक जानकारीअनुसार मृतक आफ्नै लापरबाहीका कारण चिसोले कठ्यांग्रिएर मृत्यु भएको अनुमान गरिएकाे उनले बताए ।

मृतकका आफन्तले आफ्नै लापरबाहीका कारण उनकाे ज्यान गएकाले मृतककाे शव पोस्टमार्टम गर्न नमानेकाे र सहमतिअनुसार हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिएको उनले जानकारी दिए ।