१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ पौष ३ शुक्रबार ०५:५४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल टेलिकमको ‘एफटिटिएच–जाडोमा न्यानो अफर’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ पौष ३ शुक्रबार ०५:५४:००

नेपाल टेलिकमले एफटिटिएच सेवाका ग्राहकका लागि एफटिटिएच–जाडोमा न्यानो अफर सुरु गरेको छ । कम्पनीले २० एमबिपिएस वा सोभन्दा बढीको वार्षिक प्याकेज लिने एफटिटिएच सेवाका ग्राहकका मोबाइलमा दैनिक ३ सय एमबी डेटा उपलब्ध गराउने अफर ल्याएको हो ।  

एफटिटिएच (फाइबर टू द होम) लाइन जडान गरी २० एमबिपिएस वा सोभन्दा बढी स्पिडको वार्षिक प्याकेज लिने, पहिले लिइरहेको प्याकेजलाई २० एमबिपिएस वा सोभन्दा बढी स्पिडको वार्षिक प्याकेजमा स्तरोन्नति गर्ने तथा सोही प्याकेज एक वर्ष नवीकरण गर्ने ग्राहकको मोबाइलमा दैनिक ३ सय एमबी डेटा उपलब्ध गराइने कम्पनीले जनाएको छ । त्यसैगरी, एफटिटिएच जडानका लागि आवश्यक सिपिई र १ सय मिटरसम्म ड्रप फाइबरसमेत निःशुल्क उपलब्ध गराउने जनाइएको छ । 

मोबाइलमा एकपटक दैनिक निःशुल्क डेटा एक्टिभ गरेपश्चात् उक्त नम्बरमा १ वर्षसम्म हरेक दिन ३ सय एमबी डेटा स्वतः निःशुल्क उपलब्ध हुने कम्पनीले जनाएको छ । संस्थागत ग्राहकले पनि व्यक्तिगत ग्राहकले जस्तै गरी मोबाइलमा निःशुल्क डेटा प्याक एक्टिभ गर्न सक्ने जनाइएको छ ।  

हाल नयाँ एफटिटिएच लाइन जडान गरी १ वर्षका लागि २० एमबिपिएसको अनलिमिटेड इन्टरनेट प्याकेज लिँदा सबै करसहित जम्मा १३ हजार रुपैयाँ शुल्क लाग्ने कम्पनीले जनाएको छ । यो अफर कम्पनीले उपलब्ध गराइरहेको २० एमबिपिएसलगायत २५, ५० र ६० एमबिपिएसका सेवामा पनि उपलब्ध रहेको जनाइएको छ ।