Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी काठमाडौं
२०७७ पौष १ बुधबार २०:२३:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

सन् २०३० को एसियाड दोहा र २०३४ को रियादले आयोजना गर्ने

Read Time : < 1 मिनेट
एजेन्सी काठमाडौं
२०७७ पौष १ बुधबार २०:२३:००

सन् २०३० मा आयोजना हुने एसियाली खेलकुद प्रतियोगिता (एसियाड) कतारको दोहा सहरले आयोजना गर्ने भएको छ । यस्तै, सन् २०३४ को अर्काे एसियाली खेलकुद प्रतियोगिता साउदी अरबियाको रियादले आयोजना गर्ने ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)ले जनाएको छ ।

ओसिएको कार्यकारी बोर्डले बुधबार कतारलाई सन् २०३० को एसियाडको आयोजक सहर चुनेको हो । बैठकपछि ओसिएका अध्यक्ष शेख अहमाद अल फहाद अल सबाहले भने, ‘अहिले घोषणा गर्न सक्छु कि धेरै भोट ल्याएर सन् २०३० को एसियाली खेलकुद आयोजना गर्ने अधिकार जित्ने सहर दोहा हो । यस्तै, सन् २०३४ को एसियाड आयोजनाको अधिकार पाएको छ ।’

कतारले यसअघि सन् २००६ मा पनि एसियाडको १५औँ संस्करणको आयोजना गरेको थियो । रियादका लागि भने ओसिएको यो प्रतियोगिता आयोजना गर्न पाएको पहिलो अवसर हो ।

कतारले सन् २०२२ मा फिफा विश्वकपको आयोजना पनि गर्दै छ । त्यसको आठ वर्षपछि कतारले एसियाली खेलकुदको आयोजना गर्दै छ ।