मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७७ पौष १ बुधबार १६:३९:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

दैनिक खाने खानाको प्रत्यक्ष प्रभाव निद्रामा

Read Time : > 1 मिनेट
२०७७ पौष १ बुधबार १६:३९:००

लकडाउनका वेला अधिकांश मानिसलाई धेरै दिनसम्म घरभित्रै बस्नुपर्ने बाध्यता भयो । एकातिर घरमै थुनिनुपर्ने अर्कोतर्फ बेरोजगारी, आर्थिक अभाव आदिका कारण धेरैको दैनिकी बिग्रियो । यसरी एक्कासि दैनिकीमा आएको परिवर्तनले आममानिसमा अनिद्रा एउटा समस्या भएर आयो ।

महामारीको मार छँदै थियो, त्यसमाथि फेरिएको दैनिकीले निम्त्याएको तनावका कारण अनिद्रा मुख्य समस्याका रूपमा देखिन थालेको न्युरोलोजिस्टहरू बताउँछन् । चिकित्सकहरूले यो समयमा खानपानमा ध्यान दिन, नियमित व्यायाम गर्न, सुत्ने समय मिलाउन, स्क्रिन समय घटाउन र सकेसम्म सुत्नुभन्दा अघि सोसल मिडियाबाट टाढा रहन सुझाब दिइरहेका छन् । 
यस्तै धेरै व्यक्तिले अनिद्राको अर्को प्रमुख कारणलाई बेवास्ता गरिरहेका हुन्छन् । ‘डाइट’ अर्थात् दैनिक खाने खानाले निद्रामा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । साथै निद्राले खानाप्रतिको रुचिमा पनि उत्तिकै असर गर्ने विभिन्न अध्ययनहरूले देखाएका छन् । अध्ययनका अनुसार अत्यधिक चिनी, स्याचुरेटेड पm्याट र प्रशोधित कार्बाेहाइड्रेटजन्य खानाले निद्रामा असर पु¥यारहेको हुन्छ । यसको ठीक विपरीत सागपात, फाइबरजन्य खाना, अनस्याचुरेटेड फ्याट, गेडागुडी आदिले स्वस्थ निद्रामा सहयोग पु¥यारहेको हुन्छ । 

अध्ययनका अनुसार लगातार निद्रामा समस्या देखिनुको मुख्य कारण कम प्रोटिनयुक्त खाना, फलफूल र तरकारीको न्यून प्रयोगका साथै प्रशोधित खाना, चिनीजन्य खाद्यपदार्थ र प्याकिङ खानेकुराको प्रयोगलाई मानिन्छ । सामान्यतया खानपानको विषयमा खासै ध्यान नदिए पनि अप्रत्यक्ष रूपमा स्वास्थ्यमा असर गरिरहेको हुन्छ । 

खानपान र निद्राको सम्बन्धबारे थाहा पाउनका लागि अनुसन्धानकर्ताहरूले विभिन्न परीक्षण गरेको पाइन्छ । खानपानले शरीरमा पार्ने प्रभावबारे गरिएका केही सूक्ष्म अध्ययनहरूले नियमित खाने खानाले निद्रामा कसरी प्रभाव पार्छ भन्ने पुष्टि गर्छ । तर, खाद्यान्न उत्पादन कम्पनीहरूले व्यवसायका लागि गरिएका सबै अध्ययनहरू भने वास्तविक रूपमा स्वास्थ्यका लागि तथ्यपरक हँुदैनन् । आधुनिकतासँगै तीव्र रूपमा परिवर्तन भइरहेको खानपानको शैली पूर्ण रूपमा बजारमा निर्भर हुँदै गइरहेको छ । अधिकांश खाद्यान्न उत्पादन कम्पनी वा उत्पादनकर्ताहरूले आफूअनुकूल सिद्धान्त निर्माण गरिरहेको पाइन्छ । जसले मानव शरीरमा प्रतिकूल असर पार्र्दै गइरहेको छ । 

कोलम्बिया युनिभर्सिटीका प्राडा एसटी ओन्सले खाना र निद्राको सम्बन्धबारे गरेको एक अध्ययनअनुसार स्वस्थ निद्राका लागि कुनै एक वा दुई खाद्य पदार्थमा केन्द्रित हुनुभन्दा दैनिक खाइने खानाको गुणस्तरमा ध्यान दिन जरुरी हुन्छ । डा. ओन्स र उनको टिमले यसबारेमा वर्षौँ लगाएर अनुसन्धान गरेका छन् । उनको टिमले एउटा क्लिनिकल ट्रायलमा २६ जना वयस्कमा चार दिनसम्म उनीहरूले प्रयोगमा ल्याइरहेको खाना पूर्ण रूपमा बन्द गरेर पोषणविद्ले दिएको खाना मात्रै खान लगाएको थियो । योसँगै निद्रा पनि अध्ययन गरेका थिए । उक्त अध्ययन हेर्दा अत्यधिक रूपमा स्याचुरेटेड फ्याट र फाइबरजन्य खाना जस्तै सागपात, गेडागुडी वा अन्न कम प्रयोगमा ल्याउने व्यक्तिमा गहिरो निद्राको अभाव भएको पाइयो । 

कार्बाेहाइड्रेटले पनि निद्रामा प्रत्यक्ष असर गर्ने गरेको अध्ययनमा पाइएको छ । सामान्यतया प्रोटिन फ्याटको तुलनामा बढी कार्बाेहाइडे«टको प्रयोग गर्ने व्यक्ति छिटो निदाउने गर्छन् । अध्ययनकर्ताहरूले कार्बाेहाइड्रेटमा निद्रासम्बन्धी स्नायुमा प्रभाव पार्ने कुनै तत्व हुन सक्ने अनुमान गरेका छन् । यो खानामा हुने कार्बनको मात्रामा निर्भर गर्छ । 

सामान्यतया अनिद्राको समस्या हँुदा शारीरिक परिवर्तन देखिन्छ । अनिद्राको समस्याले गर्दा धेरै मानिस जंकफुडप्रति बढी आकर्षित हुने अध्ययनमा देखिएको छ । जसले गर्दा खानाको छनोटमा फरक पर्दै जान्छ र बिस्तारै अनिद्राले मानसिक र शारीरिक स्वास्थ्यमा असर पु¥याउँछ । 

–एजेन्सीको सहयोगमा