Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ पौष ४ बुधबार ०९:०७:००
Read Time : < 1 मिनेट
अर्थ

हिमालयन हाइड्रो एक्स्पोको तयारी तीव्र, ७० भन्दा बढी स्टल बुक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ४ बुधबार ०९:०७:००

हिमालयन हाइड्रो एक्स्पोमा सहभागी हुन ७० भन्दा बढी प्रदर्शक स्टल बुक गराएका छन् । दोस्रो संस्करणको सो एक्सपोमा विदेशी प्रदर्शकको समेत उल्लेख सहभागिता हुने निश्चित भएको आयोजना स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले जनाएको छ । 

आयोजक संस्थाका अनुसार एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिकलगायत देशका कम्पनीको सहभागिता रहनेछ । जलविद्युत् प्रवद्र्धक, इक्युप्मेन्ट्स सप्लायर, लगानीकर्ता, बैंक, बिमालगायत जलविद्युत्मा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित कम्पनीहरूको सहभागिता रहनेछ ।  

एक्स्पो अवधिमा हाइड्रोपावरका मुख्य विषयमा दैनिक तीनवटा सेमिनार आयोजना हुनेछन् । हाइड्रोपावरसम्बन्धी उत्पादन र सर्भिसको विकासमा प्रतिस्पर्धा गराई विद्यार्थी र नयाँ आविष्कार गर्नेमध्येबाट उत्कृष्ट छनोट गरी पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । एक्स्पोमा रोबोटिक प्रतियोगिता गराई विजेतालाई पुरस्कार वितरण गरिनेछ । 

जलविद्युत्का क्षेत्रमा नयाँ आयाम थप्ने लक्ष्यका साथ आयोजना हुन लागेको एक्स्पोमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको संरक्षकत्व रहनेछ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, निर्माण व्यवसायी महासंघ तथा युथ कम्युनिटी फर नेप्लिज कन्ट्याक्टर्सले एक्स्पोलाई प्रवद्र्धन गर्ने भएका छन् । त्यस्तै नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, नेपाल–जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, युरोपियन इकोनोमिक चेम्बर, हाइड्रो निड्स प्रालि, काठमाडौं युनिभर्सिटी र पर्यटन बोर्डले एक्स्पोलाई सक्रिय सहयोग गर्नेछन् । एसियन पेन्ट्स, रेस्ट्रोेलोजी, होटेल हिमालय र नेपाल सिपिङ एन्ड एयर लजिस्टिक प्रालि एक्स्पोको अफिसियल पार्टनर रहेका छन् ।