१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ मङ्सिर २६ शुक्रबार ०९:१८:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

किम्फको १८औँ संस्करण सुरु

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर २६ शुक्रबार ०९:१८:००

काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को अठारौँ संस्करण बिहीबारदेखि सुरु भएको छ । चलचित्र विकास बोर्डमा किम्फ शुभारम्भ भएको हो ।

कोरोना भाइरसको महामारीका कारण भर्चुअल रूपमा किम्फ आयोजना हुँदैछ । फेस्टिभल आइतबारसम्म चल्नेछ । यसपटकको किम्फमा १५ मुलुकका १८ वटा फिल्म प्रदर्शनका लागि छानिएका छन् ।

त्यस्तै, नेपाल पानोरामाअन्तर्गत कथानक र डकुमेन्ट्री गरी १२ वटा फिल्म देखाइनेछ । डकुमेन्ट्री र फिक्सन फिल्मबारे नेपाली युवा फिल्ममेकरहरूमाझ छुट्टाछुट्टै परिसंवाद पनि महोत्सवको कार्यक्रममा समावेश गरिएको छ । 

फेस्टिभलमा अमेरिकी डकुमेन्ट्री फिल्ममेकर जुली ब्रिजह्याम, स्वीस पत्रकार र फिल्ममेकर लिजा रुस्ली र नेपालका लेखक नयनराज पाण्डे निर्णायक रहेका छन् । निर्णायक मण्डलले अन्तर्राष्ट्रिय खण्डतर्फ उत्कृष्ट तीनवटा चलचित्र तथा नेपाल पानोरामा खण्डतर्फ उत्कृष्ट कथानक (फिक्सन) र उत्कृष्ट डकुमेन्ट्री चलचित्रको छनोट गर्नेछ ।