मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर २५ बिहीबार २१:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राज्य व्यवस्था समितिको निर्देशन लत्याइयो, पोखरेल एआइजीमा बढुवा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर २५ बिहीबार २१:२५:००

संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बढुवा प्रक्रिया रोक्न निर्देशन दिएको भोलिपल्ट सरकारले प्रहरी नायब महानिरीक्षक(डिआइजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बढुवा गरेको हो । 

व्यक्तिका लागि दरबन्दी थपेर बढुवा प्रक्रिया अघि बढाइएको र यसले प्रहरीको चेन अफ कमान्डमै असर पर्ने भन्दै राज्य व्यवस्था समितिले उनको बढुवा रोक्न निर्देशन दिएको थियो । समितिमा उपस्थित गृहमन्त्री राकबहादुर थापा ‘बादल’ले समितिको निर्देशन सम्बन्धित ठाउँमा पुर्‍याउने बताएका थिए । तर, सरकारले समितिको निर्देशन लत्याएको छ । 

संगठन तथा व्यवस्थापन सर्वेक्षण नगरी सरकारले प्रहरीमा एआइजीको पद थप गरेको थियो । उपप्रधानमन्त्री ईश्वर पोखरेलको प्रस्तावमा दरबन्दी थपिएको थियो । उपप्रधानमन्त्री पोखरेल र एआइजीमा बढुवा भएका पोखरेल आफन्त भएकाले उनकै लागि सो दरबन्दी थपिएको स्रोत बताउँछ । अहिले एआइजी भए २०७९ को वैशाखपछि आइजिपी बन्न बाटो खुल्ने भएकाले यसरी नियम मिचेर दरबन्दी थपी बढुवा गरिएको भन्दै सरकारको आलोचना भइरहेको छ । 

बढुवा भएका पोखरेललाई कार्य तथा अपराध अनुसन्धान विभागमा पदस्थापन गरिएको छ । अपराध अनुसन्धान विभागका एआइजी हरिबहादुर पाललाई महानगरीय प्रहरी कार्यालयमा सरुवा गरिएको छ । सरकारले महानगरीय प्रहरी कार्यालयमा एआइजीको दरबन्दी थप गरेको हो । 

गेलाल सचिवमा बढुवा 
मन्त्रिपरिषद्को बैठकले सहसचिव मणिराम गेलाललाई सचिवमा बढुवा गरेको छ । इन्जिनियरीङतर्फ रिक्त पदमा उनको बढुवा भएको हो । उनी सहरी विकास विभागमा महानिर्देशकका रूपमा कार्यरत थिए । त्यस्तै, सहसचिव दिनेश घिमिरेलाई चीनको छेन्दुमा महावाणिज्यदूतमा नियुक्त गरिएको छ ।