१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ मङ्सिर २५ बिहीबार २०:५८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गणतन्त्रको विकल्पमा राजतन्त्रको कल्पना पनि गर्न सकिँदैन : चित्रबहादुर केसी

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर २५ बिहीबार २०:५८:००

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रको विकल्पमा राजतन्त्रको कल्पना पनि गर्न नसकिने बताएका छन् । हिजो राजाबाट फाइदा लिएकाहरूले सडकमा नारा लगाउंदैमा राजतन्त्र फर्कन सम्भव नभएको उनको जिकिर छ । 

गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको पक्षमा, संघीयता र भ्रष्टाचारको विरोधमा बिहीबार बुटवलमा आयोजित सभामा केसीले राजावादी र अन्य प्रतिगामीहरूबाट गणतन्त्र, धर्मनिरपेक्षतामाथि खतरा रहेको भन्दै सचेत  हुनुपर्नेमा जोड दिए । 

उनले नेपाली जनताले लामो समयसम्म कुर्बानी गरेर ल्याएको गणतन्त्रको रक्षा गर्नुपर्ने उल्लेख गरे । जनताको गणतन्त्र आउन बाँकी रहेको उल्लेख गर्दै उनले जनताले चाहेको गणतन्त्र ल्याउन परिवर्तनका उपलब्धिको रक्षा गर्नुपर्ने बताए । 

भ्रष्टाचार, अनियमितता, महँगी, कालोबजारी, तस्करीले सीमा नाघेको उल्लेख गर्दै केसीले हिजो चप्पल लगाएर काठमाडौं गएका नेताहरूका कसरी बने करोडौंका महल र सम्पत्ति भन्दै प्रश्न गरे । नेताको सम्पत्ति छानबिन गर्नुपर्ने उनको माग छ । 

लुम्बिनी प्रदेशका सांसद तारा जिसीले संघीय संरचना देशले धान्न नसक्ने बताउँदै अर्काको भर गरेर ऋणमा संघीयता टिकाउन नसकिने बताइन । 
नेकपा मसालका रुपन्देही प्रवक्ता नारायण जिसीले संघीयताले देशको अवस्था कठिन मोडमा पुगेको बताउंदै राष्ट्रिय सावैभौमिकता र एकता खलबलिएको बताए । 

राष्ट्रिय जनमोर्चाका रुपन्देही जिल्ला सदस्य नेत्र आचार्यले गणतन्त्रको रक्षा गर्दै जनवादी क्रान्तितर्फ उन्मुख हुनुपर्ने बताउँदै गाणतन्त्र र धर्मनिरपेक्षताको संरक्षणमा राष्ट्रवादी शक्ति मिल्नुपर्नेमा जोड दिए ।