मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी काठमाडौं
२०७७ मङ्सिर २५ बिहीबार १९:४७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

फेसबुक म्यासेन्जर र इन्स्टाग्राममा समस्या

Read Time : < 1 मिनेट
एजेन्सी काठमाडौं
२०७७ मङ्सिर २५ बिहीबार १९:४७:००

फेसबुकको म्यासेन्जर र इन्स्टाग्राममा विश्वभर नै समस्या देखिएको छ । दुवै कम्पनीले यसको कारण भने सार्वजनिक गरेका छैनन् । 

फेसबुकको म्यासेन्जर ‘सर्भर’सँग कनेक्ट नहुने र म्यासेज निक्कै ढिला मात्रै आउने–जाने समस्या देखिएको छ । यस्तै, इन्स्टाग्राममा पनि म्यासेज नजाने समस्या देखिएको छ । यस्तै, इन्स्टाग्राममा स्टोरी पनि अपलोड नहुने समस्या देखिएको छ ।

नेपाली समयअनुसार आज दिउसो २ः४५ बाट फेसबुक म्यासेन्जर र इन्स्टाग्राममा समस्या देखिन थालेको हो । सुरुवातमा युरोप र जापानमा यस्तो समस्या देखिएको हो । त्यसपछि भारतसँगै नेपालमा पनि त्यही समस्या देखिएको हो । समस्याबारे धेरै प्रयोगकर्ताले पोस्ट गर्न थालेका छन् ।