मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ पौष ४ बुधबार ०९:००:००
Read Time : < 1 मिनेट
अर्थ

बालाजु अटो वर्क्सलाई ग्लोबल ट्रेकफेस्ट उपाधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ४ बुधबार ०९:००:००

अग्नि ग्रुपको भगिनी संस्था बालाजु अटो वर्क्स प्रालिले महिन्द्रा ट्रेकफेस्ट २०१८ उपाधि जितेको छ । महिन्द्राको अन्तर्राष्ट्रिय प्राविधिक प्रतियोगितामा कम्पनीले उक्त उपाधि जितेको हो ।प्रतियोगिताअन्तर्गत ३ समूहमा व्यावहारिक, सैद्धान्तिक तथा अन्तर्वार्ता गरी ३ चरणमा विजेताहरूको छनोट गरिएको थियो । जसमा डाइग्नोस्टिक विशेषज्ञ, प्राविधिक तथा सर्भिस एडभाइजर गरी ३ विधामा प्रतियोगीको छनोट गरिएको थियो । सन् २०१८ मा आयोजित ट्रेकफेस्टमा  बालाजु अटोवक्र्सले तीनवटै विधामा पुरस्कार प्राप्त गरेको छ ।  

कम्पनीले विभिन्न ३ समूहअन्तर्गत ९ वटा अवार्डमध्ये ३ वटा अवार्ड प्राप्त गर्न सफल भएको जनाएको छ । जसमध्ये डाइग्नोस्टिक विशेषज्ञमा विनोद श्रेष्ठ विजेता भएका छन् । त्यस्तै प्राविधिक–व्यक्तिगततर्फ तीर्थ श्रेष्ठ फस्र्ट रनरअप र सर्भिस एडभाइजरतर्फ सुभाष बुढाथोकी फस्र्ट रनरअप भएको जनाइएको छ । 

अग्नि ग्रुपले विजेताहरूको सम्मानका लागि कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, महिन्द्रा एन्ड महिन्द्राका कन्ट्री हेड कागलकर चैतन्यले विजेतालाई नगद तथा प्रमाणपत्र प्रदान गरेका थिए ।