मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ पौष ४ बुधबार ०८:५८:००
Read Time : < 1 मिनेट
अर्थ

सिभिल बैंक र दुई बिमा कम्पनीबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ४ बुधबार ०८:५८:००

सिभिल बैंक लिमिटेडले जीवन बिमा सेवालाई विस्तार गर्ने उद्देश्यले दुई बिमा कम्पनीसँग सम्झौता गरेको छ । बैंकले ज्योति लाइफ इन्स्योरेन्स र अजोड इन्स्योरेन्ससँग सम्झौता गरेको हो ।

ज्योति लाइफसँगको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश खत्रीले हस्ताक्षर गरेका थिए । त्यस्तै अजोडसँगको सम्झौतामा बैंकका गुरुङ र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरेका थिए ।

सम्झौताअनुसार सिभिल बैंकका देशभर छरिएका ७१ शाखामार्पmत बैंकका ग्राहकलाई उनीहरूले चाहेको बिमा कम्पनीको बिमा पोलिसि बिक्री गरिनेछ ।