मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर २३ मंगलबार १९:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

त्रिभुवन विश्वविद्यालयमा विद्यार्थीको प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर २३ मंगलबार १९:०४:००

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि सांघातिक आक्रमण भएको विषयलाई लिएर विद्यार्थीले प्रदर्शन गरेका छन् । आक्रमणको दुई महिना बित्दा पनि न्याय नपाएको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन् ।
 
विश्वविद्यालयभित्र प्रदर्शन गरेका विद्यार्थीले अदालतको आदेशप्रतिसमेत आक्रोश व्यक्त गरेका छन् । उनीहरूले काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलाको आदेश बदनीयतपूर्ण भएको भन्दै आक्रोश व्यक्त गरे ।

प्रदर्शनपछि अपिल जारी गर्दै विद्यार्थीले विश्वविद्यालयभित्र भय र त्रासको वातावरण रहेकाले विश्वविद्यालयको गरिमा बचाउन सहयोग गरिदिन आग्रह गरेका छन् । ‘विश्वविद्यालयमा अहिले भय र त्रासको वातावरण छ, अपराधीहरू खुलेआम हिँडिरहेका छन्, तर उनीहरूमाथि कुनै सजाय हुँदैन’ प्रदर्शनमा सहभागी विद्यार्थी जगत विकले भने ।