मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
काठमाडाैं
२०७५ माघ २५ शुक्रबार १३:५७:००
Read Time : > 1 मिनेट
समाचार

कर्मचारी समायोजन अध्यादेशको प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा पेस

Read Time : > 1 मिनेट
काठमाडाैं
२०७५ माघ २५ शुक्रबार १३:५७:००

सरकारले कर्मचारी समायोजन अध्यादेश २०७५ को प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा पेस गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले विधेयक प्रस्तुत गरेका हुन् ।

विधेयकमाथि परेको विरोधको सूचना वहुमतले अस्वीकृत भएपछि मन्त्री अधिकारीले विधेयक प्रस्तुत गरेका थिए । सरकारले कानून बमोजिम संघ, प्रदेश र स्थानीय तहमा समायोजन गरि सेवा प्रवाहको आवश्यक व्यवस्था मिलाउन सक्नेछ भन्ने संबैधानिक व्यवस्थालाई कार्यान्वयन गर्न सरकारले २३ मंसिरमा कर्मचारी समायोजन अध्यादेश ल्याएको थियो ।

संघीय संसदको अधिवेशन चालु नरहेकाले गत २३ मंसिरमा राष्ट्रपतिबाट कर्मचारी समायोजन अध्यादेश २०७५ जारी भएको थियो । सो अध्यादेशलाई संविधानको धारा १ सय १४ को उपधारा २ बमोजिम पुस ११ मा बसेको संघीय संसदको दुवै सदनमा पेस भई स्वीकृति समेत भईसकेकाले नेपालको संविधान १ सय १० र प्रतिनिधिसभा संञ्चालन नियमावलिको नियम ९८ बमोजिम सरकारले कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको कर्मचारी समायोजन अध्यादेश २०७५ का प्रावधानलाई प्रतिस्थापन गर्न विधेयकको रुपमा कर्मचारी समायोजन विधेयक २०७५ सदनमा प्रस्तुत गरेको हो ।

शुक्रबार नै बसेको दोश्रो बैठकले विधेयमाथि विचार गरियोस् भनी मन्त्री अधिकारीले राखेको प्रस्तावलाई सर्वसम्मति स्वीकृत गरेको छ । यसअघि विधेयकमाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसदहरुले स्थानीय तहको प्रशासकीय प्रमुखदेखि प्रदेशका मुख्य सचिव र सचिव पनि केन्द्रले खटाउने र प्रदेशको मन्त्री मुख्य मन्त्रीले नियुक्त गर्ने व्यवस्थाले प्रदेशमा कर्मचारी र मन्त्रीबीच कार्यगत समन्वय हुन नसक्ने भन्दै आवश्यक संसोधनको माग गरे । उनीहरुले कर्मचारीको वृत्ति विकासका लागि पनि विधेयकमा स्पष्ट व्यवस्था हुन नसकेको टिप्पणी गरे । सांसदहरुले संघियताको मर्मलाई अझै राम्रोसँग समाउन नसकेको हो कि भन्ने संन्देश विधेयकमा निहित व्यवस्थाले देखाएको बताए ।

सांसदहरु प्रेम सुवाल, रेखा शर्मा, कृष्णभक्त पोखरेल, महेश्वर जंग गहतराज, सरिता गिरी,सञ्जय कुमार गौतम, दिलेन्द्र प्रसाद बडू, भरत कुमार शाह, गजेन्द्र बहादुर महत, खगराज अधिकारी , उमाशंकर अरगरिया, यशोधा गुरुङ सुवेदी, सत्य नारायण शर्मा खनाल विधेयकमाथिको सैद्धान्तिक छलफलमा सहभागी भएका थिए ।
प्रतिनिधिसभाको अर्को बैठक २९ माघ मंगलबार दिउँसो १२ बजे बोलाईएको छ ।