१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
गगन अयडी बाजुरा
२o८१ बैशाख २५ मंगलबार १७:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

१० शिक्षकलाई काेठाभित्रै थुनेर विद्यार्थीले लगाए ताला                      

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १७:oo:oo

बाजुरा जिल्लाको बडिमालिका नगरपालिका– ७ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा विद्यार्थीले शिक्षकलाई काेठाभित्रै थुनेर ताला लगाएका छन् । 

विद्यालयमा नियमित पढाइ नभएको, समयमै पुस्तक उपलब्ध नगराएले विद्यार्थीले आइतबार बिहान तालाबन्दी गरेको विद्यार्थी उपेन्द्र पण्डितले बताए ।

विद्यार्थीहरूले  आफ्ना माग राख्दै कसैलाई जानकारी नगराईकन एकाएक तालाबन्दी गरेको प्रधानाध्यापक लालचन्द्र जैशीले बताए । 

जैशीका अनुसार आठ शिक्षक र दुई शिक्षिका गरी १० जना शिक्षक विद्यालय भवनभित्रै छन् । 

जानकारीविना विद्यालय भवनभित्रै भएको वेला लागेको तालाले आफूहरूको मानहानि महसुस उनले बताए । 

तालाबन्दीबारे जानकारी पाएपछि बडिमालिका नगरपालिकाको टोली विद्यालयतर्फ गएको छ ।

ad
ad