मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७७ मङ्सिर २० शनिबार २०:३६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘राजा आऊ देश बचाउ’को नाराले मुलुकको कल्याण हुँदैन : अध्यक्ष यादव 

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७७ मङ्सिर २० शनिबार २०:३६:००

राजसंस्थाको माग गर्दै विभिन्न स्थानमा प्रदर्शन भइरहेका वेला जनता समावादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ‘राजा आऊ देश बचाउ’को नारा लगाएर मुलुकको  कल्याण नहुने दाबी गरेका छन् । लोकतन्त्र र गणतन्त्रका लागि छातीमा गोली खाएका नेपाली जनताले कहिले पनि राजतन्त्र स्वीकार नगर्ने उनको जिकिर छ । 

नेपाल वौद्धिक पेसाकर्मी महासंघले नेपालको वर्तमान राजनीतिक सन्दर्भ विषयमा आयोजना गरेको अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै यादवले भने, ‘लालसलामकै कारण राजा आऊको नारा लाग्ने गरेको छ । तर, यसले मुलुक सम्वृद्धिभन्दा खाल्डोमा लिएर गइरहेको छ ।’ 

वर्तमान सरकारलाई जनविद्रोह, मधेश आन्दोलनलगायतका आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अधुरो रहेको संविधानलाई पूर्णता दिनेतर्फ लाग्नुपर्नेमा भ्रष्टाचार र कमिसनमा केन्द्रित हुँदा समस्या आएको उनको दाबी छ । 

पृथ्वीनारायण शाहदेखि अहिलेसम्म एउटै वर्गको हातमा मुलुकको शासन व्यवस्था रहेको उनले बताए । कर्मचारीतन्त्रमा व्यापक सुधारको आवश्यकता उनले औँल्याए  । उनले भने, ‘१२ प्रतिशतको जनसंख्या रहेको वर्गको अहिले नेपालको ब्युरोक्रेसीमा ६४ प्रतिशत उपस्थिति छ । त्यसकारण, कर्मचारी संरचनालाई परिवर्तन गर्नु अति आवश्यक छ ।’ 

वर्तमान निर्वाचन प्रणालीलाई परिवर्तन गरी जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति व्यवस्था मुलुकको आवश्यकता रहेको उनले बताए । अहिले रहेको प्रदेश संरचनालाई परिवर्तन गरी १० वटा प्रदेश बनाउनुपर्नेमा उनको जोड थियो । 

कार्यक्रममा जनता समाजवादी पार्टीका नेता शरतसिंह भण्डारीले आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत नगरेकै कारण नेपालले विकास निर्माणले गति लिन नसकेको दाबी गरे । 
प्रदेश २ का मुख्यमन्त्रील मोहम्मद लालबाबु राउतले संविधानमा प्रदेशलाई दिएको अधिकार खोस्न संघीय सरकार लागेको आरोप लगाए ।