१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी लन्डन
२०७७ मङ्सिर २० शनिबार १६:३२:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

आठ महिनापछि इमरेट्स रंगशालामा फर्किए दर्शक, आर्सनललाई दुई हजार घरेलु दर्शकको साथ 

Read Time : > 1 मिनेट
एजेन्सी लन्डन
२०७७ मङ्सिर २० शनिबार १६:३२:००

आर्सनलको घरेलु मैदान इमरेट्स हो । ७ मार्चदेखि दर्शकले यहाँ पाइला नै टेकेका छैनन् । बेलायतमा कोरोना भाइरस (कोभिड–१९) महामारीका रूपमा फैलिएपछि रंगशालामा दर्शक प्रवेशमाथि रोक लगाइयो । विनादर्शक नै इंग्लिस प्रिमियर लिग पनि सम्पन्न भयो । तर, बिहीबार इमरेट्स रंगशालाको चहलपहल फरक थियो । सबै खुसी र दंग थिए । 

आर्सनलका खेलाडी पनि फरक रूपमा प्रस्तुत भए । उनीहरूको फिटनेस र जोस अन्य दिनभन्दा दोहोरो भएको थियो । यसको एउटै कारण थियो, खेलाडीले आठ महिनापछि दर्शकसामु मैदानमा प्रतिस्पर्धा गर्न अवसर पाए । हो, आर्सनलले बिहीबार दुई हजार दर्शकमाझ एफए कपअन्तर्गत समूह बीमा रापिड भिएनाविरुद्ध प्रतिस्धर्पा ग¥यो । खेलमा आर्सनल ४–१ ले विजयी भयो । पछिल्लो समय ७ मार्चमा आर्सनलले वेस्ट हामविरुद्ध दर्शकबीच प्रतिस्पर्धा गरेको थियो । 

पहिलो २ हजारलाई अनुमति

इमरेट्स रंगशालामा विशेष प्रोटोकल अपनाइएको थियो । सुरुका दुई हजारलाई मात्र रंगशालामा प्रवेशको अनुमति प्रदान गरिएको थियो । प्रिमियर लिगमा आबद्ध क्लबले दर्शकलाई अनुमति दिएको यो नै पहिलोपटक हो । आयोजकले रंगशालामा दर्शक बस्ने विशेष रणनीति बनाएको थियो । मार्किङ गरेको स्थानमा मात्र दर्शक बसे ।

टिकट बिक्रीमा राखेको २० मिनेटभित्र नै दुई हजार दर्शकले सुरुमै बुक गरेका थिए । बेलायतमा बुधबार मात्र लकडाउन समाप्त भएको थियो । टिकट नपाउँदा धेरै दर्शक न्यास्रो अनुहार लिएर घर फर्किन बाध्य भए । 

दुई फरक स्थान

इमरेट्स रंगशालामा दर्शकको सुरक्षाको दृष्टिकोणले दुई फरक स्थान राखिएको थियो । उनीहरू त्यहीँ नै बसेर आर्सनल र भिएनाबीचको खेल हेरे । दर्शकले खेल अवधिभरि नै मास्क लगाउनुका साथै पटकपटक स्यानिटाइजर गरेका देखिन्थे ।

दर्शकबीचको सामाजिक दूरी कायम भएकाले उनीहरू सुरक्षित भएको आयोजकले जनाएको छ । रंगशालाभित्र दर्शकलाई ब्याग, खानेकुरा, ड्रिंग्स अन्य सामग्री लैजान प्रतिबन्ध लगाएको थियो । मिकेल अर्टेटाले गोल गर्दा आर्सनलका समर्थक जोसिए । आठ महिनापछि आफना घरेलु खेलाडीले गोल गरेको प्रत्यक्ष दृश्य हेर्न पाउँदा समर्थक अति नै दंग परेका थिए । 

बाहिरदेखि नै सुरक्षा जाँच

दुई हजार दर्शकले इमरेट्स रंगशालाभित्र प्रवेश गर्नुअघि नै विभिन्न डेस्कमा स्वास्थ्य परीक्षण गराएका थिए । अनलाइन टिकट बिक्री भएकाले उनीहरूको परीक्षण कम्प्युटरमै हेरिएको थियो । सुरक्षाकर्मीले दर्शकलाई ज्वरो नापेपछि मास्क लगाई र स्यानिटाइज गरी पठाएका थिए ।

यता दर्शक मात्र नभएर खेलाडी पनि यही प्रक्रियाअनुरूप नै मैदानमा प्रवेश गरेका थिए । इंग्ल्यान्डका पूर्वस्पिनर मोन्टी पानसार पनि आर्सनलको खेल हेर्न इमरेट्स पुगेका थिए । तर, उनले टिकट पाएनन् । ‘म यहाँ फुटबल हेर्न आएको थिएँ, टिकट बुक गर्न पाइनँ, निराश भएर घर फर्कंदै छु,’ पानसारले भने, ‘मलाई विश्वास छ अर्कोपटक टिकट पाउनेछु र म्याच हेर्नेछु ।’