१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस
२०७७ मङ्सिर २० शनिबार १५:३३:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

कोरोनाविरुद्धको खोप प्रयोग गर्न बहरानइनले पनि दियाे स्वीकृति 

Read Time : < 1 मिनेट
रासस
२०७७ मङ्सिर २० शनिबार १५:३३:००

कोरोनाविरुद्धकाे खोप प्रयोग गर्न स्वीकृति दिनेमा बहराइन दोस्रो देश बनेको छ । 

फिजर र यसैको जर्मन साझेदार विओनटेकले बनाएको खोप आपत्कालीन अवस्थामा प्रयोग गर्न सकिने गरी बहराइन सरकारले स्वीकृति दिएको हो । 

बहराइनको राज्यद्वारा सञ्चालित बहराइन न्युज एजेन्सीले यो खोप प्रयोगका लागि स्वीकृति दिने देशमा बेलायतपछि बहराइन दोस्रो देश बनेको उल्लेख छ ।

 यसअघि बुधबार बेलायतले यही खोप आपत्कालीन अवस्थामा प्रयोग गर्न स्वीकृति दिएको थियो । 

देशको राष्ट्रिय स्वास्थ्य नियामक निकायले सबै कुरा अध्ययन गरेर यसलाई आपत्कालीन अवस्थामा प्रयोग गर्न सकिने सिफारिस गरेपछि सरकारले त्यसलाई स्वीकृति दिएको हो । 

प्रयोगका लागि स्विकृति दिए पनि कति खोप सरकारले ल्याएको छ र त्यसको प्रयोग कहिलेदेखि गरिनेछ भन्ने बारेमा केही जानकारी दिइएको छैन । 

त्यसैगरी, फिजरले पनि बहराइनसँग भएको सम्झौतामा कति खोप बहराइनलाई दिन लागिएको हो र कहिले कहिले ढुवानी हुने हो भन्नेलगायतका जानकारी दिन नमिल्ने र आफ्नो तर्फबाट गोप्य नै राखिने जनाएको छ । 

झन्डै १६ लाख जनसंख्या रहेको मुलुक बहराइनमा अहिलेसम्म कोरोनाबाट ८७ हजारजना संक्रमित भएका छन् भने तीन सय ४१ जनाको निधन भएको छ ।