Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर २० शनिबार १५:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ट्राफिक व्यवस्थापन डिजिटल गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर २० शनिबार १५:१९:००

महानगरीय ट्राफिक महाशाखाका प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) जनक भट्टराईले ट्राफिक व्यवस्थापनलाई डिजिटलाइजेसन बनाउने कार्य अन्तिम चरणमा पुगेको बताएका छन् ।  

प्रहरी हेडक्वार्टरबाट भर्खरै सरुवा भएर महाशाखामा आएका एसएसपी भट्टराईले पत्रकारहरूसँग कुराकानी गर्दै ट्राफिक व्यवस्थापनलाई सहज बनाउन डिजिटल प्रविधिको प्रयोग गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएका हुन् ।  

कुनै पनि सवारीचालक ट्राफिक कारबाहीमा परी जरिवना तिर्नुपर्ने भएमा अनलाइनबाटै भुक्तानी गर्न मिल्ने प्रणालीको विकास भइरहेको पनि उनले बताए । 

यसबाट बैंकमा लामो लाइन लाग्नुपर्ने स्थितिको अन्त्य हुने पनि एसएसपी भट्टराईले बताए ।

ट्राफिक कारबाहीमा परेका व्यक्तिहरूलाई दिइने सचेतना कक्षा कोभिडका कारण स्थगित भएकोमा अहिले अनलाइनबाटै लिने व्यवस्था मिलाइएको पनि बताए ।

अहिले ट्राफिक कारबाहीमा परेमा लिनुपर्ने सचेतना कक्षा अनलाइनबाट लिएपछि मात्रै महाशाखाको कार्यालयबाट कागजपत्र लिन सकिने बताए ।