मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर २० शनिबार १३:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सचिवालय बैठकअघि ओली-प्रचण्डबीच भेटवार्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर २० शनिबार १३:२३:००

२५ दिनपछि नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा दुवै अध्यक्षबीच भेटवार्ता भएको हो । 

नेकपा सचिवालय बैठक बस्नुअघि भएको यो भेटलाई सकारात्मक रूपमा लिइएको छ । गत कात्तिक २५ गतेयता ओली र प्रचण्डबीच भेटवार्ता भएको थिएन । 

आज सचिवालय बैठक बस्ने तयारी छ । बैठकमा ओली र प्रचण्डका दुवै प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।