मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस सिरहा
२०७७ मङ्सिर २० शनिबार १२:२४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

सिराहाका काेराेना संक्रमितको विराटनगरमा निधन 

Read Time : < 1 मिनेट
रासस सिरहा
२०७७ मङ्सिर २० शनिबार १२:२४:००

कोरोना संक्रमणबाट सिरहामा गएराति थप एकजनाको निधन भएको छ । 

विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको निधन भएको हो । 

ज्वरो र श्वास फेर्न समस्या भएपछि उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएकाे थियाे । उनकाे सोही अस्पतालमा पिसिआर परीक्षण गर्दा गत बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो । 

संक्रमण भएपछि उपचाररत उनको गएराति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले बताए । योसँगै जिल्लामा कोरोनाबाट निधन हुनेको संख्या २३ पुगेको छ ।