मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ मङ्सिर २० शनिबार १०:०१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१४ वर्षीया बालिका सुत्केरी : बलात्कार आरोपमा २९ वर्षीय पुरुष पक्राउ

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर २० शनिबार १०:०१:००

मुलुकभर हिंसाविरुद्धको अभियान चलिरहेका वेला ओखलढुंगामा एउटा कहालीलाग्दो बलात्कारको घटना बाहिरिएको छ । १४ वर्षीया बालिका सुत्केरी भएपछि उनी बलात्कृत भएको घटना सार्वजनिक भएको हो ।

बालिका बिरामी भएपछि रामेछापको मन्थलीस्थित तामाकोसी अस्पतालमा उपचारका लागि लगिएको थियो । अस्पताल पुर्‍याएपछि उनी गर्भवती रहेको चिकित्सकहरूले पुष्टि गरेका थिए । बालिकाले अस्पतालमै मंसिर १३ गते बच्चा जन्माएकी छिन् । अहिले आमा र बच्चाको दुवैको अस्पतालमा उपचार भइरहेको छ । 

बच्चा जन्माएपछि परिवारले गरेको सोधपुछका क्रममा बालिकाले आफु बलात्कृत भएको बताएकी छिन् । २०७६ फागुन २८ गते आफू बलात्कृत भएको र परिवार र समाजका डरले घटना सार्वजनिक नगरेको उनले बताइन् । 

बालिकाको बयानका आधारमा आरोपित चम्पादेवी गाउँपालिका वडा नं. २ का २९ वर्षीय वीरबहादुर मगरलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

घरमा कोही नभएको समयमा मगरले बालिकालाई फकाएर बलात्कार गरेको भन्दै बालिकाका अभिभावकले प्रहरीमा सोमबार उजुरी दिएका थिए । उजुरीका आधारमा पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख रुपेश खड्काले बताए । घटना जटिल रहेकाले गम्भीर अनुसन्धान भइरहेको उनको भनाइ छ ।