१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ मङ्सिर २० शनिबार ०८:५०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुई पुरुषद्वारा महिलामाथि कुटपिट

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर २० शनिबार ०८:५०:००

लमजुङमा दुई पुरुषद्वारा एक महिला कुटिएकी छिन् । बेँसीसहर नगरपालिका ३ मगरपात्लेका ३२ वर्षीया सन्तुमाया मजाकोटीलाई स्थानीय ४९ वर्षीय बुद्धिबहादुर बसेल र उनका १९ वर्षीय छोरा विशाल बसेलले कुटपिट गरी घाइते बनाएका हुन् ।

छिमेकी बसेलले केही कुरा गर्नका लागि घरमै बोलाएको र छलफलकै क्रममा विवाद गर्दै हातपात गरेको पीडित मजाकोटीले बताइन् । 

बाबुछोरा मिलेर एउटाले समात्ने र अर्कोले हिर्काएकाे उनकाे भनाइ छ । कुटपिटबाट पीडितको अनुहार, निधार र टाउकोमा नीलडाम र फोका उठेको छ भने भित्री भागमा समेत निकै पीडा भएको उनले बताइन् ।  बाबुछोराले ज्यानै लिने प्रयास गरेको उनको भनाइ छ । छरछिमेक र नजिकैको मगर गाउँका स्थानीयले छुट्याएकाले आफू बाँच्न सफल भएको पीडित सन्तुमायाले बताइन् ।  

घाइतेको उपचार र स्वास्थ्य परीक्षणको काम भइरहेको छ । घटनापछि प्रहरीमा खबर गरिएको र घटनाका दोषी बाबुछोरालाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याइसकेको पीडित परिवारले जनाएको छ ।