मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ मङ्सिर १९ शुक्रबार १५:४४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रचण्ड-नेपाल पक्षका विद्यार्थीको भेला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ मङ्सिर १९ शुक्रबार १५:४४:००

नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका वेला गुटगत भेला तथा कार्यक्रम हुन थालेका छन् ।

शुक्रबार दिउँसो कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका विद्यार्थीहरूको भेला गरिएको छ ।

दिउँसो १ बजे थापाथलीमा सुरु भएको भेलाको आयोजना प्रचण्ड र नेपालनिकट अनेरास्ववियुका विद्यार्थी नेताहरू रञ्जित तामाङ, सुदेश पराजुली, ओसिम आलमलगायतले गरेका हुन् ।

यो भेलालाई नेकपा स्थायी कमिटी सदस्यहरू अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, केन्द्रीय सदस्य लेखनाथ न्यौपाने र रामकुमार झाँक्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।