१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
एजेन्सी रोम
२०७७ मङ्सिर १९ शुक्रबार १४:३३:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

इटालीमा फेरि मानवीय गतिविधिमा प्रतिबन्ध 

Read Time : < 1 मिनेट
एजेन्सी रोम
२०७७ मङ्सिर १९ शुक्रबार १४:३३:००

इटालीमा चाडपर्वका बेला कोरोना संक्रमण फैलिनसक्ने भन्दै फेरि नयाँ प्रतिबन्धात्मक व्यवस्था लागू गरिने भएकाे छ ।

महत्वपूर्ण चाडपर्वहरू आएकाले चाडपर्व मनाउने क्रममा कोरोना महामारी थप फैलिन सक्ने आकलन गर्दै फेरि प्रतिबन्धात्मक व्यवस्थाहरू लागू गरिएको हो ।  

प्रधानमन्त्री गिसेपे कोन्टेले नयाँ वर्षलगायतका चाडपर्व र बिदा मनाउने क्रममा महामारी थप फैलिन नदिन नयाँ प्रतिबन्धात्मक व्यवस्थाहरू घोषणा गरिएको जानकारी दिए ।  

नयाँ व्यवस्थाअनुसार मानवीय गतिविधि तथा आवतजावतलाई नगरपालिका र क्षेत्रमा सीमित गरिनेछ । ‘क्रिसमस बिदा आउँदै छ, हामी एउटा संवेदनशील समयमा प्रवेश गर्दै छौँ, हामीले राम्रो ख्याल गरेनौँ, लापरबाही गऱ्याैँ भने महामारी झन् फैलिन सक्छ,’ प्रधानमन्त्री कोन्टेले भने । 

नयाँ प्रतिबन्धात्मक व्यवस्था यही डिसेम्बर २१ देखि जनवरी ६ तारिखसम्म लागू हुने पनि उनले जानकारी दिए ।