मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस झापा
२०७७ मङ्सिर १९ शुक्रबार ११:४६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पत्रकार कुट्ने मालपोतका कर्मचारी पक्राउ

Read Time : < 1 मिनेट
रासस झापा
२०७७ मङ्सिर १९ शुक्रबार ११:४६:००

पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन् ।

खरिदार राजवंशीलाई पीडितको उजुरीपछि आवश्यक अनुसन्धानका लागि आज बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार गत मंगलबार करिब ४ बजेतिर शिवसताक्षीका सेवाग्राही सुरेश साहबाट खरिदार राजवंशीले काम गरिदिने भन्दै रु. १० हजार घुस दिएको भिडियो खिचिरहेका अनुसन्धान अनलाइनका पत्रकार खगेन्द्र घिमिरे र क्यामेराम्यान भास्कर श्रेष्ठमाथि हातपात गरेको आरोप छ ।

सो घटनाको नेपाल पत्रकार महासंघ झापा शाखालगायतले भर्त्सना गर्दै दोषीमाथि कारबाही गर्न माग गरेका थिए ।

यसैगरी बिहीबार मालपोत कार्यालयका प्रमुख तारानाथ दंगालले घटनाप्रति दुःख प्रकट गर्दै त्यसको निष्पक्ष छानबिन गर्न विज्ञप्तिमार्फत आग्रह गरेका थिए । 

याे पनि पढ्नुहाेस्

घुस लिएको समाचार संकलनका लागि गएका पत्रकारमाथि कुटपिट