मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर १९ शुक्रबार ०५:४६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एभरेष्ट बैंकद्वारा पशुपतिनाथ मन्दिरमा शवदाह गृह स्थापना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर १९ शुक्रबार ०५:४६:००

एभरेष्ट बैंक लिमिटेडले पशुपतिनाथ मन्दिरमा वातावरणमैत्री शवदाह गृह स्थापना गरेको छ । बैंकले शवदाह गृहबाट उत्पन्न भएको धुवाँ, भिजेको स्क्रबर हुँदै निस्कने र यसले वातावरणमा पुग्नुअघि सबै घातक वायु प्रदूषक र विषाक्त पदार्थ हटाएर प्रदूषण नियन्त्रण गर्न मद्दत गर्ने गरी शवदाह गृह स्थापना गरेको हो । 

शवदाह गृहको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको उपस्थितिमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत जिके नेगीले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई हस्तान्तरण गरेको बैंकले जनाएको छ । उक्त अवसरमा मुख्य कार्यकारी अधिकृत नेगीले बैंकले सधैँ आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वप्रति सचेत रहेको बताएको जनाइएको छ । 

बैंकले ९८ शाखा, ७ प्रादेशिक कार्यालय, १ सय २८ एटिएम तथा ३० राजस्व संकलन काउन्टरमार्फत सेवा दिइरहेको जनाएको छ ।