मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर १९ शुक्रबार ०५:५३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भारतीय बैंक आइसिआइसिआईको नेपालमा प्रतिनिधि कार्यालय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर १९ शुक्रबार ०५:५३:००

भारतीय आइसिआइसिआई बैंक लिमिटेडले नेपालमा प्रतिनिधि कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंको थापाथलीमा रहेको सेन्ट्रल बिजिनेस पार्कमा आफ्नो प्रतिनिधि कार्यालयको उद्घाटन गरेको हो । 

आइसिआइसिआई बैंक नेपालमा प्रतिनिधि कार्यालय स्थापना गर्ने भारतको पहिलो निजी क्षेत्रको बैंक रहेको जनाइएको छ । प्रतिनिधि कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा, भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य र आइसिआइसिआई बैंकका प्रबन्ध सञ्चालक तथा सिइओ सन्दीप बक्सीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट गरेको जनाइएको छ ।  

प्रतिनिधि कार्यालयमार्फत बैंकले नेपालका बैंकहरूसँग नजिकमा रहेर काम गर्ने तथा दुई देशबीच लगानी, व्यापार, भुक्तानी र ट्रेजरी व्यापारमा सहजीकरण गर्ने जनाएको छ ।

नेपालमा शाखा प्रतिनिधि कार्यालयको स्थापनासँगै बैंकका अन्तर्राष्ट्रिय शाखा प्रतिनिधि कार्यालयहरू विभिन्न १५ देशमा पुगेको जनाइएको छ । बैंकले रञ्जनकुमार थापालाई नेपालको प्रतिनिधि कार्यालयको प्रमुख नियुक्त गरेको जनाएको छ ।