मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ मङ्सिर १९ शुक्रबार ०६:३०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

लमजुङमा कोरोनाबाट एक वृद्धको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर १९ शुक्रबार ०६:३०:००

कोरोनाबाट लमजुङमा एक वृद्धको मृत्यु भएको छ । बेसीसहर नगरपालिका– ९ का ९७ वर्षीय वृद्धको बिहीबार साँझ मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेका वृद्धको स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि बेसीसहरस्थित जिल्ला अस्पताल ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए ।

उनका अनुसार परिवारका सबैमा कोरोना संक्रमण देखिएपछि वृद्धको सोमबार स्वाब लिएर पिसिआर परीक्षणका लागि पोखरा पठाइएको थियो । वृद्धमा बुधबार कोरोना पुष्टि भएको थियो ।

यसअघि लमजुङका नागरिकको बाहिरी जिल्लामा उपचारका क्रममा पाँचजनाको मृत्यु भइसकेको छ । कोरोना संक्रमितको जिल्लामै मृत्यु भएको यो पहिलो घटना हो ।