मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ मङ्सिर १८ बिहीबार २१:१०:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सम्मान 

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर १८ बिहीबार २१:१०:००

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई सम्मान गरेको छ । कर्णाली प्रदेशको समग्र स्वास्थ्य प्रणाली सुदृढीकरण गरी नागरिकको स्वास्थ्य अवस्था सुधार ल्याउन योगदान गरेबापत प्रतिष्ठानलाई सम्मान गरेको स्वास्थ्य सेवा निर्देशनालय वीरेन्द्रनगर सुर्खेतले जनाएको छ । 

मन्त्रालयले नागरिकको स्वास्थ्य अवस्थामा सुधार ल्याउन शैक्षिक क्षेत्र र उपचार सेवामा विशेष योगदान गरेबापत उच्च सम्मान गर्दै प्रशंसापत्र प्रदान गरेको प्रतिष्ठानका मेडिकल रेक्टर मेघराज बुढाले बताए । उनले भने, ‘कर्णाली प्रदेशका १३ अस्पतालतर्फ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला र चौरजहारी अस्पताल रुकुम पश्चिमलाई सम्मान गरिएको हो ।’

विगतजस्तै आगामी दिनमा पनि पर्याप्त सहकार्य–समन्वय गरी स्वास्थ्य अवस्थामा सुधार गर्न निरन्तर सहयोग रहनेछ भन्ने विश्वास लिइएको सामाजिक विकासमन्त्री दल रावलले बताए ।