१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर १८ बिहीबार १६:३५:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना संक्रमणबाट थप १३ जनाको निधन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर १८ बिहीबार १६:३५:००

नेपालमा पछिल्लो २४ घन्टामा थप १३ जना कोरोना संक्रमितको निधन भएको छ । यो संख्यासँगै कोरोना संक्रमणबाट निधन हुनेको संख्या १५ सय ५१ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज देशभरमा थप १३ सय ४३ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ३७ हजार पाँच सय ८९ पुगेको छ । 

आज देशभरमा सक्रिय संक्रमितको संख्या १५ हजार सात सय ६६ रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २१ सय ११ जना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै निको हुनेको संख्या दुई लाख २० हजार दुई सय ७२ पुगेको छ।