१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ मङ्सिर १८ बिहीबार १४:१३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेता पौडेलले गरे झडपपछि रोकिएको बुल्दीखोला पुलकाे उद्घाटन 

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर १८ बिहीबार १४:१३:००

 बुधबार झडपपछि रोकिएको बुल्दीखोला पुलको कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिहीबार उद्घाटन गरेका छन्।

तनहुँको व्यास नगरपालिकामा– १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकमा रहेको  पुल उद्घाटन गर्ने क्रममा विरोधपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि बुधबार पुल उद्घाटन कार्यक्रम रोकिएको थियो।

निषेधाज्ञा जारी भएपछि पुल उद्घाटन गर्न अघि बढेका नेता पौडेललाई प्रहरीले गिरफ्तार गरेरको थियो । बुधबारको झडपपछि बिहीबार कांग्रेसले कार्यक्रम स्थलमा उल्लेख्य मात्रामा कार्यकर्ता उपस्थित गराएको थियो । 

 स्थानीय नेता कार्यकर्ता र सुरक्षाकर्मीको बाक्लो उपस्थितिमै औपचारिक रूपमै नेता पौडेलले पुलको उद्घाटन गरेका हुन्। 

पुल उद्घाटनपछि नेता पौडेलले बुधबार भएको घटना घटाउन सघाउने नेता, कर्मचारी, पुलिस र प्रशासनलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘सत्ता र शक्तिको दुरुपयोग गरेर उपभोक्ता समिति, स्थानीय सरकार र स्थानीय जनताको माग र इच्छा विपरित तनहुँको कार्यक्रम रोक्ने काम भयो । घटना घटाउन सघाउने नेता, कर्मचारी, पुलिस र प्रशासनलाई कारवाहीको दायरामा ल्याउनु पर्छ भन्ने हाम्रो माग छ ।’

साथै उनले लोकतान्त्रिक मूल्य र मान्यता विपरित आफुमाथि भएकाे अपमान र अत्याचारविरुद्द कांग्रेसले आन्दोलन जारी राख्ने बताएका छन् ।