१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ मङ्सिर १८ बिहीबार १३:४७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेता पौडेलकाे धरपकडविरुद्ध दोलखामा आन्दोलन 

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर १८ बिहीबार १३:४७:००

आफ्नै गृहजिल्ला तनहुँमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुर्व्यवहार र गिरफ्तारीविरुद्ध दोलखामा कांग्रेसले आन्दोलन सुरु गरेको छ । 

सरकारले अधिनायकवादी शैलीमा आफ्नो पार्टीका वरिष्ठ नेतालाई धरपकडसहित अभद्र व्यवहार गरेको भन्दै दोलखा कांग्रेसले नाराजुलुससहित आन्दोलन सुरु गरेको हो ।

चरिकोटस्थित कांग्रेस कार्यालयबाट निस्केको शंख जुलुस पशुपति मन्दिर हुँदै सातदोबाटो चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । 

जुलुसमा कांग्रेस कार्यकर्ताहरूले सरकारको विरोध गर्दै नारा लगाएका थिए । सातदोबाटोमा आयोजित कोणसभामा दोलखा कांग्रेसका सभापति रुद्रबहादुर खड्काले लोकतन्त्रको उपहास गर्दै वर्तमान सरकारले अधिनायकवादी कदम सुरु गरेको आरोप लगाए । 

सभापति खड्काले कांग्रेसका वरिष्ठ नेतामाथि भएको दमन र धरपकड इतिहासमै नेपाली जनताका लागि कालो दिन भएको बताए । 

कार्यक्रममा कांग्रेसका जिल्ला नेता एवं महासमिति सदस्य बर्मा लामा, महेश्वर काफ्लेलगायतले सम्बोधन गरेका थिए । 

यो आन्दोलन केन्द्रीय समितिको निर्देशनका आधारमा गरिएको बताउँदै सरकारले माफी नमागुन्जेल जारी रहने कांग्रेस नेताले जनाएका छन् ।