१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ मङ्सिर १८ बिहीबार १२:५८:००
Read Time : > 2 मिनेट
पालिका अपडेट

युरोपियन युनियनका योजनाकारको कोरोना संक्रमणबाट निधन

Read Time : > 2 मिनेट
२०७७ मङ्सिर १८ बिहीबार १२:५८:००

फ्रान्सका पूर्वराष्ट्रपति बेलेरी जिस्कार्ड डी स्टाइङको कोरोना संक्रमणबाट निधन भएको छ । फ्रान्सलाई संगठित बनाउने र एकजुट पार्ने श्रेय ९४ वर्षीय बेलेरीलाई दिने गरिन्छ । सन् १९७४ देखि १९८१ सम्म राष्ट्रपति बनेका बेलेरीलाई केही दिनयता श्वास–प्रश्वासमा समस्या भएको थियो । गत साता मात्र उनी अस्पतालबाट स्वास्थ्य लाभ गरी घर फर्किएका थिए । तर, स्वास्थ्यमा पुनः समस्या आएपछि अस्पतालमा भर्ना गरिएको थियो । पूर्वराष्ट्रपति बेलेरीले बुधबार राति अन्तिम सास लिएको अस्पतालले जनाएको छ । 

युरोपियन युनियन (इयू) को योजनाकारमध्ये उनी पनि एक हुन् । बेलेरी फाउन्डेसनले आफ्ना संस्थापकको निधन कोरोना संक्रमणबाट भएको पुष्टि गरेको छ । यसैबीच इयूले बिहीबार विज्ञप्तिमार्फत आफ्ना संस्थापक सदस्यको निधनप्रति शोक व्यक्त गरेको छ । ‘फ्रान्सलाई एउटा विकसित राष्ट्रका रूपमा अग्रसर गराउन प्रमुख भूमिका निर्वाह गर्नुका साथै सबै युरोपेली राष्ट्रलाई एक बनाउने उद्देश्यका साथ स्थापित इयूकै प्रमुख योजनाकारको निधनबाट हामी स्तब्ध भएका छौँ,’ इयूद्वारा जारी विज्ञप्तिमा भनिएको छ । इयूका प्रमुख मिचेल बार्निएरले फ्रान्सलाई आधुनिकीकरण गर्नमा बेलेरीको योगदान उच्च भएको बताएका छन् ।
क्रोएसियाका प्रधानमन्त्री एन्डे«ज प्लेन्कोभिकले फ्रान्स तथा युरोपले एक महान् नेता गुमाएको बताएका छन् । साथै युरोपलाई विश्वमै शक्तिशाली तथा समृद्ध बनाउने योजनाकारको निधनबाट धेरै क्षति पुगेको उनले बताए । ‘एक महान् राष्ट्रपति तथा युरोप बनाउने नेताको निधनबाट हामी स्तब्ध छौँ,’ उनले भने । 

नक्कली भ्याक्सिनबाट सचेत रहन आग्रह
बेलायतले भ्याक्सिन प्रयोगमा ल्याउन अनुमति दिएसँगै बजारमा नक्कली भ्याक्सिन उपलब्ध हुन सक्ने सम्भावना पनि बढेको छ । इन्टरपोलले बुधबार सबैलाई सूचित गर्दै ग्लोबल अलर्ट जारी गरेको छ । 

इन्टरपोलले सबै राष्ट्रलाई भनेको छ, ‘कोभिड–१९ को समयमा केही संगठित र आपराधिक गतिविधि गर्ने समूहले नक्कली भ्याक्सिन उत्पादन गरिरहेका हुन सक्छन्, उनीहरूले बजारमा त्यस्ता भ्याक्सिन पठाउने सम्भावना छ, यसकारण हामी सबै नक्कली भ्याक्सिनबाट सुरक्षित रहनुपर्छ ।’

एजेन्सीहरूका अनुसार एक सय ९४ राष्ट्रमा इन्टरपोलले यस्तो सूचना जारी गरेको हो । ‘हामीहरूको प्रयास नै नक्कली भ्याक्सिन बजारसम्म पुग्न नदिनु हो,’ इन्टरपोलको विज्ञप्तिमा भनिएको छ, ‘अहिले बनिरहेको भ्याक्सिन कम्पनीलाई पनि यसबारे जानकारी गराएको छ ।’ इन्टरपोलले भ्याक्सिन उत्पादक कम्पनीसँगको सहकार्य अनिवार्य रहेको जनाएको छ । ‘बजार नक्कली भ्याक्सिनले प्रभावित नहोस् र सही भ्याक्सिन प्रयोग गरुन् भनी कम्पनीसँग हाम्रो सहकार्य अति आवश्यक छ,’ विज्ञप्तिमा उल्लेख छ । 

ब्राजिलको तयारी
ब्राजिलले कोभिड– १९ नियन्त्रण गर्न आपतकालीन अवस्थामा भ्याक्सिन प्रयोग गर्न अनुमति दिने तयारी गरेको छ । ब्राजिलको स्वास्थ्यसम्बन्धी निकाय एनविसाले सरकारी स्वास्थ्य विभाग तथा सबै स्वास्थ्य एजेन्सी तयारी अवस्थामा रहनुपर्ने निर्देशन दिएको छ । ‘अहिले ब्राजिलमा भ्याक्सिनको परीक्षण अन्तिम चरणमा छ, यसको सफलतासँगै हामी अनुमति दिन्छौँ,’ एनविसाले भन्यो, ‘एस्ट्राजेनिका, जोन्सन एन्ड जोन्सन, फेजर तथा साइनोबिक कम्पनीद्वारा उत्पादित भ्याक्सिन तेस्रो चरणको परीक्षणमा छन् ।’ ब्राजिलमा पहिलो चरणमा ७५ वर्षमाथिका व्यक्तिलाई भ्याक्सिन दिने तयारी छ । दोस्रो चरणमा मात्रै अन्यले पाउनेछन् । 

पुटिनले अनुमति दिन सक्ने
रसियाले बनाइरहेको स्पुतनिक– ५ भ्याक्सिनको परीक्षण पनि अन्तिम चरणमा छ । तेस्रो चरणको परीक्षणमा यसले ९५ प्रतिशत काम गरेको दाबी छ । रसियाले अन्य भ्याक्सिनको तुलनामा आफूले बनाइरहेको स्पुतनिक बढी प्रभावकारी हुने दाबी गरिरहेको छ । यो भ्याक्सिन गेमेलिया नेसनल रिसर्च सेन्टर फर एपिडेमिलोजीले बनाइरहेको हो । राष्ट्रपति भ्याल्दमिर पुटिनले आफ्ना नागरिकलाई भ्याक्सिन निःशुल्क बाँड्ने बताएका छन् । उनले यो भ्याक्सिन प्रयोगको अनुमति छिटै दिने तयारी गरेका छन् । राष्ट्रपति पुटिनले भ्याक्सिनसम्बन्धी अन्तिम निर्णय गर्न बिहीबार बैठक डाकेको एजेन्सीले जनाएको छ । 

अमेरिकन अस्पताल दबाबमा
दिन प्रतिदिन संक्रमित बढेपछि अमेरिकाका अधिकांश अस्पताल दबाबमा परेको अन्तर्राष्ट्रिय एजेन्सीहरूले जनाएका छन् । क्षमताभन्दा बढी संक्रमितकोे उपचार गर्नुपर्दा अस्पतालमाथि दबाब बढेको हो ।

प्रमुख सहर टेक्सास, क्यालिफोर्निया तथा फ्लोरिडा यस्तो दबाब झेल्नेमा प्रमुख हुन् । यहाँका अस्पताल अहिले संक्रमितले भरिएका छन् । यसैबीच टर्कीमा लगातार नवौँ दिन संक्रमित बढिरहेका छन् । बुधबार मात्र यहाँ एक सय ९० जना संक्रमितको निधन भएको थियो । निधन भएका व्यक्ति ६० वर्षमाथिका थिए । सरकारले वृद्ध व्यक्तिहरूलाई सुरक्षित रहन निर्देशन गरेको छ । 

बेल्जियममा कारबाही
दोस्रो लहरको कोरोना भाइरस फैलिएपछि बेल्जियममा निश्चित समय कफ्र्यु जारी छ । सहरमा कफ्र्यु जारी भए पनि यसको उल्लंघन गर्ने धेरै नै रहेको एजेन्सीहरूको भनाइ छ । कफ्र्यु उल्लंघन गर्ने २५ व्यक्तिलाई प्रहरीले कारबाही गरेको छ । पक्राउ पर्नेमध्ये विपक्षी दलका एक नेता पनि छन् । 

–एजेन्सीहरूको सहयोगमा