मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस/एएनआई
२०७७ मङ्सिर १८ बिहीबार १२:३६:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

भारतमा कोभिड– १९ संक्रमित ९५ लाख नाघे

Read Time : > 1 मिनेट
रासस/एएनआई
२०७७ मङ्सिर १८ बिहीबार १२:३६:००

भारतमा कोभिड– १९ बाट संक्रमितको संख्या बुधबारसम्ममा ९५ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा मात्रै यहाँ संक्रमित हुनेको संख्या ३५ हजार पाँच सय ५१ रहेको छ । कुल संक्रमित ९५ लाख ३४ हजार नौ सय ६५ मध्ये सक्रिय संक्रमितको संख्या चार  लाख २२ हजार नौ सय ४३ रहेको छ । 

भारतमा हालसम्म ८९ लाख ७३ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घन्टामा यहाँ पाँच सय २६ जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसहित भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ३८ हजार ६ सय ४८ पुगेको छ । 

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले देशभर १४ करोड ३५ लाख नमुना परीक्षण गरिएको जनाएको छ । भारतमा विगत २६ दिनदेखि ५० हजारभन्दा कम व्यक्ति संक्रमित भेटिएका छन् । पछिल्लोपटक गत ७ नोभेम्बरमा ५० हजार व्यक्ति संक्रमित भेटिएका थिए । 

भारतीय राज्य महाराष्ट्रमा सक्रिय संक्रमितको संख्या अझै ८८ हजार पाँच सय ३७ छ । यस राज्यमा ४७ हजार तीन सय ५७ जनाको मृत्यु भइसकेको छ । 
यसैबीच, विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ४८ लाख ४४ हजारभन्दा बढी रहेकाे छ । कोरोना संक्रमितमध्ये १४ लाख ९९ हजार तीन सय ४६ जनाको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 

कोरोना भाइरसको संक्रमणबाट सर्वाधिक असर परेको संयुक्त राज्य अमेरिकामा हालसम्म एक करोड ४३ लाख संक्रमित भएकामध्ये दुई लाख ७९ हजार आठ सया ६५ जनाको मृत्यु भइसकेको छ । तेस्रो सर्वाधिक असर परेको ब्राजिलमा ६४ लाख ३६ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका र त्यसमध्ये एक लाख ७४ हजार पाँच सय ३१ जनाको मृत्यु भएको छ । 

विश्वभर मृत्यु भएकाको संख्याका आधारमा चौथो स्थानमा मेक्सिको रहेको छ जहाँ एक लाख सात हजार पाँच सय ६५ जनाको मृत्यु भइसकेको छ । बेलायतमा ५९ हजार ६ सय ९९, इटालीमा ५७ हजार, फ्रान्समा ५३ हजार आठ सय १६, इरानमा ४८ हजार नौ सय ९०, स्पेनमा ४५ हजार सात सय ८४ तथा रसियामा ४१ हजार ५३ जनाको मृत्यु भइसकेको छ ।