१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ मङ्सिर १८ बिहीबार १२:०५:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बाग्लुङ आउने सवारीसाधनमा भाडादर अनिवार्य टाँस्नुपर्ने

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर १८ बिहीबार १२:०५:००

बाग्लुङबाट बाहिर जाने र भित्रिने हरेक सवारीसाधनले भाडादर अनिवार्य टाँस्नुपर्ने भएको छ । 

यहाँ सञ्चालित सवारीसाधनले तोकिएकोभन्दा बढी भाडा लिएको भन्ने गुनासो बढिरहेपछि जिल्लाका सरोकारवालाको बैठकले हरेक सवारीसाधनमा भाडादर अनिवार्य टाँस्नुपर्ने निर्णण गरेको हो । 

प्रमुख जिल्ला अधिकारी एवं यातायात व्यवस्थापन समितिका अध्यक्ष सुरेश न्यौपानेको अध्यक्षतामा बसेको बैठकले यात्रुहरू नठगिउन्र भन्ने उद्देश्यले यस्तो  निर्णय गरेको हो ।

बैठकले सवारीसाधनले बढी भाडा लिएको भन्ने गुनासो बढिरहेको भन्दै साबिककै भाडादर कायम गरी भाडा लिने र तोकिएको भाडादरको विवरण प्रत्येक सवारीसाधनमा यात्रुले प्रस्ट देख्ने गरी टाँस गर्ने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल जानकारी दिए ।

बैठकले कोभिड– १९ को संक्रमण रोकथाम, नियन्त्रण र उपचारको सन्दर्भमा नेपाल सरकार (मन्त्रिपरिषद्)बाट निर्णय भएबमोजिम स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई सवारीसाधनहरू सञ्चालन गर्ने र यातायात व्यवस्था सञ्चालन गर्ने व्यवस्था मिलाउने, त्यसको कडाइका साथ कार्यान्वयनका लागि यातायात व्यवस्था कार्यालय, जिल्ला ट्राफिक कार्यालयलगायतका सरोकारवाला निकायबाट अनुगमन गरी प्रतिवेदन पेस गर्नुपर्ने निर्णय गरेको छ ।

बैठकमा पिकअप जिपले क्षमताभन्दा बढी यात्रु बोक्ने, तोकिएकोभन्दा बढी भाडा असुल्ने, रातो प्लेटका गाडीले यात्रु बोक्ने गरेको विषय पनि उठेको थियो ।