मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर १८ बिहीबार ११:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल र भारत विगतका समस्याबाट अघि बढे : भारतीय परराष्ट्रमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर १८ बिहीबार ११:२९:००

भारतका परराष्ट्रमन्त्री डा. सुब्रमण्यम् जयशंकरले विगतमा रहेका समस्याबाट दुवै देश अघि बढ्ने निर्णय गरेको बताएका छन् । 

नेपाल-भारत संयुक्त आयोगको बैठक तय भएको १२ दिनअघि बिहीबार द हिन्दुमा प्रकाशित अन्तर्वार्तामा विदेशमन्त्री जयशंकरले छिमेकीहरूबीच समस्या हुनु स्वाभाविक रहेको र ती समस्याबाट अघि बढेकाे बताएका छन् ।

उनले भारतका अधिकांश छिमेकी प्रजातान्त्रिक मुलुक रहेको टिप्पणी पनि गरेका छन् । 

‘हो, कुनै समयमा हामीबीच विषयहरू थिए । तर, विगत केही सातामा स्पष्ट रूपमा हामी  देख्न सक्छौँ कि नेपाल र भारतले अगाडि बढ्नका लागि निर्णय गरेका छन् र यो केही आपसी कुरा हो,’ जयशंकरले द हिन्दुकी विदेश मामिला सम्पादक सुहासिनी हैदरसँग अन्तर्वार्तामा भनेका छन् । विदेशमन्त्री जयशंकरले छिमेकमा अनेकौँ परिवर्तन आएको र त्यसलाई पनि हेर्नुपर्नेमा जोड दिएका छन् । 

विदेशमन्त्री जयशंकरले भनेका छन्, ‘मैले भनेको छु कि घटनाक्रमहरूलाई न्यायको अन्तिम गजका रूपमा लिनुहुँदैन । समस्याहरू आउँछन् । आपसमा समस्या नभएका छिमेकी मुलुकहरू कुन छन्, मलाई देखाउनुस् । हाम्रा अधिकांश छिमेकीहरू प्रजातन्त्रवादी मुलुक छन् । राजनीति उनीहरूको आफ्नो छ, हाम्रो आफ्नो छ । त्यहाँ विषयहरू हुन्छन् । यसको व्यवस्थापन कसरी गर्नुहुन्छ र मिलनबिन्दु कसरी खोज्नुहुन्छ भन्ने अहं विषय हो ।’ 

नेपाल र भारतबीच यसबीचमा ११ मंसिरमा परराष्ट्रसचिवस्तरीय वार्ता भएको थियो । त्यसअघि स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरभणेको औपचारिक भ्रमण भएको थियो भने उनीभन्दा अघि भारतीय प्रधानमन्त्रीको सन्देश लिएर रअका प्रमुख सामन्तकुमार गोयल नेपाल आएका थिए ।