मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ मङ्सिर १८ बिहीबार १०:३०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अबको क्रान्तिका लागि कृषि सैनिकको आवश्यक छ : मन्त्री भुसाल

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर १८ बिहीबार १०:३०:००

कृषिमन्त्री घनश्याम भुसालले अब कृषि क्रान्ति सुरु हुने र त्यसका लागि कृषि सैनिकको आवश्यक रहेको बताएका छन् । वैदेशिक रोजगारीबाट फर्किएपछि व्यावसायिक रूपमा घाँसखेती र बाख्रापालन सुरु गरेका किसानसँगको भेटमा मन्त्री भुसालले यस्तो बताएका हुन् । 

राष्ट्रिय कृषि सैनिक अभियानमार्फत गैँडाकोट नगरपालिका– १२ का ३८ वर्षीय विष्णु भट्टले मन्त्रालयमा नै पुगी कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भुसाललाई बुधबार यस विषयमा ध्यानाकर्षणपत्रसमेत बुझाए । 

बेरोजगार तथा विदेशबाट फर्किएका युवाहरूको नेतृत्वमा कृषि सैनिक गठन गर्नुपर्ने र  तिनै सैनिकको परिचालनबाट देशमा कृषि क्रान्ति गर्ने उनको सोच छ ।  

उनले सरकारको नारा ‘समृद्ध नेपाल, सुखी नेपाली’ पूरा गर्न पनि यो अभियान आवश्यक रहेको बताउँदै आएका थिए ।  ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री भुसालले भने, ‘कृषि सैनिक नेपालमा आवश्यक छ । यो नयाँ सोच हो । पूर्ण व्याख्यासहितको अवधारणा आए नीतिगत रूपमा नै सम्बोधन गर्न म तयार छु ।’  

कृषक भट्टले श्री स्वस्थानी घाँस स्रोत केन्द्र तथा बाख्रा फार्ममार्फत कृषकको  मागअनुसार १२ बिघा क्षेत्रफलमा घाँस र घाँसको बेर्ना उत्पादन गर्दै आएका छन् । सरकारी अनुदानबिना नै हालसम्म उनले देशका ६५ जिल्लामा घाँस वितरण गरिरहेका छन् ।

उनले १२ जनालाई प्रत्यक्ष र ६० जनालाई अप्रत्यक्ष रोजगारी दिएका छन् । विदेशबाट आएर घाँसखेती गर्नेहरूलाई निःशुल्क परामर्शसँगै बिउबिजनमा समेत सहयोग गरिरहेका छन् ।