मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
आमाबाबु दुवै गुमाएका छायाँनाथ रारा नगरपालिका–२ मुगु तलि तुमगाउँका दुई वर्षीय रामकृष्ण तिरुवा र उनका दाजु ६ वर्षीय हरीकृष्ण तिरुवा । 
२०७७ मङ्सिर १७ बुधबार १७:२७:००
Read Time : < 1 मिनेट
फिचर डिजिटल संस्करण

दुई वर्षको नाबालक अवस्थामै आमाबाबुको निधन, हेरचाह गर्न कोही छैन

Read Time : < 1 मिनेट
२०७७ मङ्सिर १७ बुधबार १७:२७:००

जिल्लाको छायानाथ रारा नगरपालिका– २ तलितुम गाउँका रामकृष्ण तिरुवा भर्खर दुई वर्ष पूरा भए । उनी दुई वर्षको नाबालक अवस्थामै आमबाबुविहीन बनेका छन् । 

०७५ असोज अन्तिममा जन्मेका रामकृष्ण आमाको गर्भभित्र पाँच महिनाको हुँदा उनका बुबाको काठमाडाैंमा ज्याला–मजदुरी गर्न गएको वेला लडेर मृत्यु भएको थियो।

उनी दुई वर्ष पुग्दानपुग्दै यही गएको असोजमा उनकी आमाले पनि सधैँका लागि छोडेर गइन् । घाँटीको समस्याबाट पीडित उनीकी आमाको उपचारकै क्रममा जिल्ला अस्पताल मुगुमा निधन भएको थियो । 

आमाबाबु गुमाएका दूधे रामकृष्ण र उनका ६ वर्षका दाजु हरिकृष्ण नाबालक अवस्थामा बेसहारा बनेका छन् । 

‘सानो नाति गर्भमै थियो । ठूलो नाति दुई वर्ष पुगेको थियो । छोराको मृत्यु भयो । जसोतसो बुहारीले ज्याला–मजदुरी गरेर दुई नातिलाई पालनपोषण गराएकी थिइन् । उनी पनि सबैलाई छोडेर गइन् । यिनीहरूको बिचल्ली भयो,’ ६६ वर्षीय हजुरबुबा भक्त तिरुवाले आँसु झार्दै भने, ‘अब त यी टुहुरा नाबालकको कसले पालनपोषण गर्देला, हामी बुढाबुढी डाँडामाथिका घाम भइसक्यौँ ।’ 

उनीहरूलाई बिहीबार जिल्ला प्रशासन कार्यालय मुगुमा नाबालक परिचयपत्र बनाउनका लागि आफन्तले ल्याएका थिए । तस्बिर : अच्युतराज भण्डारी/ मुगु 


आर्थिक अवस्था कमजाेर भएका उनीहरूका हजुरबुबा–हजुरआमा दुवै काम गरेर बालबच्चा पाल्ने उमेरका छैनन् । ६३ वर्षीया हजुरआमाले भनिन्, ‘हामी आँगन छोडेर कहीँ जान सक्दैनौँ । यिनीहरूको पालनपोषण गर्ने र पढाइ–लेखाइ गराइदिने कोही भगवान् बनेर आए पनि हुन्थ्यो नि !’