मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर १७ बुधबार १६:५३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना संक्रमणबाट थप नौजनाको निधन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर १७ बुधबार १६:५३:००

नेपालमा आज कोरोना संक्रमणबाट थप नौजनाको निधन  भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार योसँगै निधन हुनेको संख्या १५ सय ३८ पुगेको छ।

नेपालमा पछिल्लाे २४ घन्टामा थप १४ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार आज थपिएको संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ३६ हजार दुई सय ४६ पुगेको छ ।

त्यस्तै यो अवधिमा १५ सय ६७ जना कोरोना संक्रमित निको भएका छन् । अहिलेसम्म निको हुनेको संख्या दुई लाख १८ हजार एक सय ६१ पुगेको छ । सक्रिय संक्रमितको संख्या १६ हजार पाँच सय ४७ रहेको मन्त्रालयले जनाएको छ ।