मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल तस्वीर
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर १७ बुधबार १५:३७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रहरीद्वारा कांग्रेस नेता रामचन्द्र पौडेल नियन्त्रणमा : युवा संघ र कांग्रेस कार्यकर्ताबीच तनावपछि स्थिति असामान्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर १७ बुधबार १५:३७:००

प्रहरीले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई नियन्त्रणमा लिएको छ । 

गृहजिल्ला तनहुँमा बनेको नवनिर्मित पुलको उद्घाटन गर्न गएका वेला प्रहरीले नियन्त्रणमा लिएको हो ।

कांग्रेसका तनहुँ जिल्ला सभापति वैकुण्ठ न्यौपानेका अनुसार व्यास नगरपालिका १ र ११ जोड्ने पक्की पुल उद्घाटनका लागि नेता पौडेल गृहजिल्ला पुगेका  थिए ।

पुल दुई वर्षअघि सम्पन्न भएको र अहिले नेता पौडेलले उद्घाटन गर्न नहुने भन्दै पुल क्षेत्र वरपर सत्तारुढ दल नेकपाको भ्रातृ संगठन युवा संघले विरोध प्रदर्शन गरेको थियो ।

त्यसपछि अवस्था असामान्य हुने र झडप हुने आकलन गरी स्थानीय प्रशासनले सो क्षेत्रमा निषेधाज्ञा जारी गरी नेता पौडेलसहित एक दर्जन कांग्रेस–कार्यकर्तालाई नियन्त्रणमा लिएको हो । 

अहिले पनि सो क्षेत्रमा युवा संघका कार्यकर्ताले प्रदर्शन गरिरहेका छन् । 

सो क्षेत्रमा निषेधाज्ञा आज साँझ ६ बजेसम्म कायम रहने स्थानीय प्रशासनले जनाएको छ ।

प्राप्त जानकारीअनुसार पुल उद्घाटनको विषयलाई लिएर युवा संघ र कांग्रेसका कार्यकर्ताबीच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले उक्त स्थानमा निषेधाज्ञा जारी गरेर नेता पौडेलसहित अन्यलाई नियन्त्रणमा लिएको जनाएकाे छ । 

नेता पौडेलले आफूसहित अन्यलाई प्रहरीले लाठी चार्ज गरी नियन्त्रण गरेको विरोध गर्दै सामाजिक सञ्जाल फेसबुकमा समेत लेखेका छन् ।