१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस/एएफपी
२०७७ मङ्सिर १७ बुधबार १५:०६:००
Read Time : < 1 मिनेट
विश्व

जापानमा बस्ने सबैलाई कोरोनाको खोप निःशुल्क 

Read Time : < 1 मिनेट
रासस/एएफपी
२०७७ मङ्सिर १७ बुधबार १५:०६:००

जापानमा बस्ने सबैलाई सरकारले कोरोना भाइरसविरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ । दैनिक रूपमा कोरोना भाइरसबाट संक्रमित भेटिइरहेका वेला जापानको संसद्ले बुधबार एउटा कानुन नै पारित गरेर सबैलाई निःशुल्क खोप दिने व्यवस्था गरेको हो ।

नयाँ कानुनअनुसार १२ करोड ६० लाख मानिसलाई कोरोनाविरुद्धको खोप लगाउनका लागि दुवै सदनबाट बजेटसमेत पारित गरिएको छ । सरकारले ६ करोड मानिसका लागि औषधि उत्पादक संस्था फाइजरबाट खोप ल्याउने सुनिश्चित गरिसकेको छ भने बाँकी दुई करोड ५० लाख मानिसका लागि अमेरिकी बायोटेक फर्म मोडर्नासँग सम्झौता गरेको छ ।  

त्यसैगरी १२ करोड मानिसलाई पुग्नेगरी अस्ट्राजेनिकाको खोप ल्याउने तयारी भएको अधिकारीहरूले जनाएका छन् । फाइजर र मोडर्नाले कोरोनाविरुद्धको खोप आपतकालीन प्रयोगका लागि अमेरिका र युरोपमा यसअघि नै अनुमति मागेका छन् । चिकित्सकीय परीक्षणबाट दुवैको खोप प्रभावकारी पुष्टि भइसकेको छ । 
जापानका प्रधानमन्त्रीले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकार अत्यधिक संवेदनशील रहेको बताएको दुई सातापछि संसदबाट यस्तो कानुन पारित भएको हो ।

तुलनात्मक रूपमा जापानमा कोरोना भाइरसको महामारी कम देखिएको छ । जापानमा कोरोनाका कारण अहिलेसम्म दुई हजार एक सयजनाको मृत्यु भएको छ भने एक लाख ५० हजार संक्रमित भएका छन् ।