१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर १७ बुधबार १५:०७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अध्यक्ष ओलीविना औपचारिक बैठक बसेर मात्र सचिवालय बैठक सकियो, आउँदो शनिबार पुनः बस्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर १७ बुधबार १५:०७:००

सत्तारुढ दल नेकपाको आजको बैठक औपचारिक रूपमा मात्र बसेर सकिएको छ । 

आज केहीबेर औपचारिक रूपमा मात्र बसेर पुनः २० गते शनिबार बस्ने गरी बैठक सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

आजकाे बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएनन् । 

अध्यक्ष पुष्पकमल दाहालकाे अध्यक्षतामा औपचारिकताका लागि मात्र बैठक बसेकाे थियाे ।

त्यसैगरी १८ गतेका लागि डाकिएको स्थायी समिति बैठक पनि २१ गतेका लागि बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

हिजाेकाे बैठकमा दुई अध्यक्षबीच एक–आपसमा चर्काे आराेप–प्रत्याराेप भएपछि आजकाे बैठकमा अध्यक्ष ओली सहभागी नहुने संकेत बिहानै दिएका थिए । 

सचिवालय बैठकमा पार्टीका दुई अध्यक्षले राखेकाे बेग्लाबेग्लै राजनीतिक प्रतिवेदनमाथि छलफल हुने र निकास निस्कने भनिएकाे भए पनि अब पुनः नेकपामा गतिराेध बढ्ने संकेत स्पष्ट देखिएकाे छ ।