१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
भोजराज भण्डारी काठमाडाैं
२०७७ मङ्सिर १७ बुधबार १४:३६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बेवास्तामा कोभिडपछिको सवारी निर्देशिका : पालना गर्दैनन् व्यवसायी, अनुगमन गर्दैन विभाग

Read Time : > 1 मिनेट
भोजराज भण्डारी काठमाडाैं
२०७७ मङ्सिर १७ बुधबार १४:३६:००

सरकारले  कोरोना भाइरसको जोखिमलाई कम गर्न भनी कोभिड– १९ पछिको सवारीसाधनसम्बन्धी निर्देशिका जारी गरेको थियो । तर, अहिले  त्यो निर्देशिका  छायामा पर्दै गएको छ ।

लामो समय चल्न नसकेका सवारीसाधन असोज १ गतेबाट खुला गरेसँगै भौतिक पूर्वधार तथा  यातायात मन्त्रालयले यातायात व्यवस्था विभागमार्फत  सवारीसाधन निर्देशिका जारी गरेको थियो । 

तर, असोज १ गतेबाट लामो तथा छोटो दूरीको सवारी साधन सञ्चालनमा आएको भए पनि सवारीसाधन  निर्देशिका भने  कुनै पनि  व्यवसायीले पालना गर्न छाडेका छन् । 

अहिले पनि कोरोना भाइरसको जोखिम उत्तिकै रहेको छ । सवारीसाधनमा आवश्यकताभन्दा बढी भिड हुँदा पनि यातायात व्यवस्था विभागले पछिल्लो समय कुनै अनुगमन गरेको छैन । जोर–बिजोरलाई निरन्तरता दिएको विभागले  सवारीसाधन अनुगमनलाई भने बेवास्ता गर्दै आइरहेको छ । यता बस व्यवसायीहरू विद्यार्थी कार्डलाई अझै छुट दिन मानिरहेका छैनन्  ।

सवारीसाधन निर्देशिकामा बसमा अनिवार्य रूपमा स्यानिटाइजर राख्नुपर्ने नियम छ । बसमा सिट क्षमताभन्दा बढी यात्रु हाल्न नपाइने नियम भए पनि कुनै पनि सार्वजनिक सवारीसाधनमा भौतिक दूरी र सिट क्षमताअनुसार यात्रु राखेको पाइँदैन । कुनै पनि सवारीसाधनमा स्यानिटाइजरसमेत राखिएको छैन ।

विद्यालय नखुलेको भन्दै विद्यार्थीलाई छु्ट दिन नमानेका हुन् । व्यवसायीले सवारीसाधनको निर्देशिका सुरुवातदेखि नै बेवास्ता गर्दै आएको विभागले पनि कुनै वास्ता नगरेको  सवारीसाधानका अभियन्ता प्रेम बस्नेत बताउँछन् । व्यवसायीहरूकाेएकत्रछत्र सिडिकेन्डजस्तो देखिएको छ । विभागले भने सवारी निर्देशिका र विद्यार्थी छुटको विषयमा कुनै छलफल पहलसमेत नगरेको बस्नेतको भनाइ छ ।

ट्राफिक प्रहरीले  निर्देशिका जारी भएको केही दिन कडाइ  गर्ने र पालना नगर्नेलाई कारबाही पनि गर्दै आइरहेको  थियो, तर जब दसैँ–तिहारपछि भने ट्राफिक प्रहरी, विभागले निर्देशिकालाई बेवास्ता गरेका छन्  भने पालना नगर्ने सवारीसाधनलाई कारबाहीसमेत गरेको  अहिले रेकर्ड छैन ।

नेपाल यातायात व्यवसायी महासंघले  आफूहरूले जतिसक्दो सवारी मापदण्डलाई पालना  गरेको व्यवसायी संघका अध्यक्ष योगेन्द्रनाथ कर्मचार्य बताउँछन् । ‘हाम्रोतर्फबाट पनि गल्ती भएको होला, तर सकेसम्म  मास्क, पन्जालगायत स्यानिटाइजरको प्रयोग गर्ने सवारीधनीहरू संघमा आबद्ध हुनलाई निरन्तर भनिरहेका छौँ,’ कर्मचार्यले भने ।

सम्पूर्ण रूपमा सवारीसाधन खुला गरिए पनि सवारीसाधनको निर्देशिकालाई पनि विशेष ध्यानमा राखेर अनुगमन गरिरहेको  यातायात व्यवस्था विभागका निर्देशक लोकनाथ भुसालले बताए । ‘जारी गरिएकाे निर्देशिकाअनुसार नै ट्राफिक प्रहरी विभागको नेतृत्वमा  विभागको क्षमताले भ्याएसम्मको  अनुगमन गरिएको  व्यवसायीहरूसँग पालना गर्नका लागि निर्देशन दिने काम गरिहेका छौँ,’ भुसालले नयाँ पत्रिकासँग भने ।