मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी
२०७७ मङ्सिर १७ बुधबार १४:०३:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

बेलायत सरकारद्वारा फाइजर खोप प्रयोगको अनुमति 

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ मङ्सिर १७ बुधबार १४:०३:००

बेलायतले फाइजर बायोएनटेक कोभिडविरुद्धको भ्याक्सिन प्रयोगका लागि अनुमोदन गरेको छ । अर्को साताको सुरुदेखि फाइजर प्रयोगमा ल्याउने गरी बेलायतले खोपलाई अनुमोदन गरेको हो ।

फाइजरलाई प्रयोग गर्न अनुमति दिने बेलायत विश्वकै पहिलो देश बनेको छ । विश्वमा महामारी निम्त्याएको असामान्य अवस्था, लगभग १५ लाख मानिसको मृत्यु र विश्व अर्थतन्त्रलाई पुनः सामान्य अवस्थामा फर्काउन महत्वपूर्ण वस्तुको रूपमा यो खोपलाई हेरिएको छ । बेलायत सरकारले बुधबार मेडिसिन्स एन्ड हेल्थकियर प्रोडक्ट रेगुलेटरी एजेन्सीमार्फत खोप प्रयोगका लागि अनुमति दिएको जनाएको छ । भ्याक्सिन अर्को सातादेखि बेलायतका विभिन्न ठाउँमा उत्पादन गरिनेछ । 

खोप उत्पादन समितिले प्रारम्भिक प्रयोगका लागि फ्रन्टलाइनमा काम गरिरहेका व्यक्तिहरूलाई प्राथमिकता दिने बताएको छ । पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी, वृद्धवृद्धा र आपतकालीन सेवाका कर्मचारी रहनेछन् । योसँगै मोडर्ना भ्याक्सिन पनि इर्मेजेन्सी प्रयोगका लागि एफडिएले मान्यता दिइसकेको छ । आरएनए टेक्नोलोजीमा आधारित फाइजर र मोडर्ना भ्याक्सिन  आशा गरिएकोभन्दा बढी प्रभावकारी भेटिनुले कोरोना महामारी छोटो नियन्त्रणमा ल्याउन सकिने विज्ञहरूको अनुमान छ । 

एक वर्षको समयमा संक्रमणविरुद्धको भ्याक्सिन सफल परीक्षण हुनुलाई बेलायत सरकारले विज्ञानको दुनियाँमा ऐतिहासिक क्षण बताएको छ । तत्कालीन समयमा भ्याक्सिन इर्मेजेन्सीका लागि मात्र प्रयोगमा ल्याइने भए पनि एक वर्षको अन्तरालमा भ्याक्सिन उत्पादनमा तीव्रता दिने र विश्वभर कोरोनाविरुद्धको भ्याक्सिनको सहज पहुँच हुने वैज्ञानिकहरूको दाबी छ ।