मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर १७ बुधबार १३:३८:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

संघ र प्रदेशमा लगाइएको उस्तैखाले कर खारेज गर्न उद्योगी–व्यवसायीको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर १७ बुधबार १३:३८:००

उद्योगी–व्यवसायीहरूले प्रदेशमा लाग्ने करले निजी क्षेत्रको मनोबल कमजोर बनाएको भन्दै दोहोरो प्रकृतिका करलाई खारेज गर्न माग गरेका छन् । 

संघ र प्रदेशमा उस्तै किसिमका कर लगाउँदा दोहोरो करको मारमा परेकोले निजी क्षेत्रको मनोबल कमजोर भएको उद्योग–व्यवसायीहरूले बताएका हुन् । 

उद्योग वाणिज्य महासंघका नवनिर्वाचिन पदाधिकारीहरूले बुधबार अर्थ मन्त्रालयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेट गरी आफूहरू दोहोरो करको मारमा परेको भन्दै समस्या समाधान गरिदिन माग गरेका हुन् । 

महासंघका अध्यक्ष शेखर गोल्छाले प्रदेशहरूमा लाग्ने कतिपय करले गर्दा निजी क्षेत्रको मनोबल खसेको बताए । 
यसरी दुई सरकारबाट कर असुली गर्नु कानुनविपरीत भएको उनले बताए । 

यस्तै, देशको आर्थिक विकासमा कतिपय कानुनहरू बाधक रहेको पनि अध्यक्ष गोल्छाले बताए । त्यसका लागि कुन–कुन कानुनहरू परिमार्जन गर्नुपर्छ भन्ने सम्बन्धमा महासंघले छुट्टै प्रतिवेदन तयार गरी सरकारलाई सुझाब दिन लागेको पनि अध्यक्ष गोल्छाले बताए । 

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिडको असरका कारण साना र मझौला उद्योग–व्यवसायहरू बन्द हुने अवस्थामा पुगेको भन्दै त्यसतर्फ अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।

यस्तै सरकारले निर्यातलाई अझ बढी प्राथमिकता दिनुपर्नेमा जोड दिए । 

रेमिट्यान्सलाई उत्पादन क्षेत्रमा लगाउन सरकारले प्रोत्साहित गर्नुपर्ने र निजी क्षेत्रलाई सरकारको साझेदारका रूपमा रूपमा हेर्न सुझाब दिए । 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रप्रति सरकारको दृष्टिकोण सकारात्मक रहेको बताए । 

निजी क्षेत्रलाई हतोत्साही तुल्याउने र मनोबल गिराएर उत्पादन, रोजगारी र आर्थिक वृद्धिजस्ता सपना सार्थक तुल्याउन सक्दैनौँ भन्ने कुरा सरकारले राम्रोसँग बुझेको उनको भनाइ थियो । 

कोभिडको प्रभावलाई केन्द्रमा राखेर बजेटमार्फत वा मौद्रिक नीतिमार्फत सम्बोधन गरिएका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन भएन भन्ने विषयमा आफ्नो ध्यान केन्द्रित भएको पनि अर्थमन्त्री पौडेलले बताए ।